Advertisement

नेकपा एमाले प्रचार विभागद्धारा पत्रकार महासंघ कञ्चनपुर शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान

महेन्द्रनगर–नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग कञ्चनपुरले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान तथा बधाइृ ज्ञापन गरेको छ । शुक्रबार नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले नेकपा एमाले कञ्चनपुरको पार्टि कार्यालयमा एक औपचारीक कार्यक्रमको आयोजना गरी महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको हो ।


नेकपा एमाले कञ्चनपुरका प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा जिल्ला उपाध्यक्ष जनकराज अवस्थीको सभापतित्व तथा नेकपा एमाले केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य कृपाराम रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई खादा माला तथा टिका लगाएर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य एबम् कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का पूर्व साँसद डा.दिपक प्रकाश भट्ट विशिष्ठ अतिथि रहेका थिए ।

गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता लगायतका उपलब्धि हासिल गर्न मिडियाको भूमिका महत्वपूर्ण भएको नेकपा एमाले केन्द्रिय सदस्य कृपाराम रानाले बताउनुभयो । ‘मिडिया जगतले हिजो निरंकुश काल होस, पञ्चायत काल होस, जनताको हक अधिकार रक्षाका महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ, अहिलेको गणतन्त्र, संघीयता, धर्म निरपेक्षाता, समावेशि लगायतका महत्वपूर्ण उपलब्धि हासिल गर्न पनि निकै महत्वपूर्ण भूमिका छ’ संविधान सभा सदस्य समेत रहेका रानाले भने , ‘अहिले यी उपलब्धि विरुद्ध विभिन्न खाले शक्ति लागि परेका छन्, यस्ता खाले प्रवृत्ति निरुत्साहित गर्न पनि पनि मिडियाको भूमिका महत्वूर्ण छ, अहिलेको उपलब्धिको रक्षा गर्न तपाई पत्रकाहरुको भूमिका नभई हुँदैन, पत्रकारको सशक्त भूमिका यी सबै उपलब्धि जोगाउन सकिन्छ, म त्यसका लागि सबै पत्रकारहरुमा आग्रह गर्छु ।’

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य एबम् कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का पूर्व साँसद डा.दिपक प्रकाश भट्टले सूचना प्रविधिको विकास र विस्तारले समाजमा सूचनाको प्रचार प्रसार सहज हुँदै गएको उल्लेख गर्दै पत्रकारिताका सिद्धान्त, मूल्य र मान्यतालाई टेकेर सूचना सम्प्रेण गरी पत्रकारले जिम्मेवार गर्नुपर्ने जिम्मेवारी पत्रकारमा आएको बताउनुभयो ।

 

एमाले कञ्चनपुरका उप सचिव राजीव खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रममा एमाले कञ्चनपुरका कार्यालय सचिव रामचन्द्र रेग्मी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामी, महासंघका पूर्व अध्यक्ष विष्णुदत्त अवस्थी लगायत जिल्लाका सक्रिय पत्रकार सहभागी भएका छन् । कार्यक्रमको संञ्चालन प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष लक्ष्मण पन्तले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्

घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्

–तुल्सि बिश्वकर्मा हाल म सुदूरपश्चिम विश्वविद्यलयको कानुमा संकायमा अध्यनरत छु । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लामा बसिरहेको करि...
लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

महेन्द्रनगर–नेकपा एमाले केन्द्रीय लेखा आयोगको कञ्चनपुर जिल्लामा सम्पन्न १३ औँ बैठकले स्थानीय तहसम्मको लेखा परीक्षण गराउने निर्णय ग...
हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

महेन्द्रनगर–हात्ति मारेको आशंकामा नेकपा एमालेका लालझाडी गाउँ कमिटी अध्यक्ष ओम प्रकाश राना पक्राउ परेका छन । एमाले लालझाडी गाउपालिक...
सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा

महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रवार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। शुक्रबार रानाथारु समुदायको खख्डेहरा पर्वको अव...
कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एसईई परीक्षाको लागि तयारी पुरा भएको छ । जिल्ला शिक्षा समन्वय ईकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टले...
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

महेन्द्रनगर–जिल्ला स्थित दानेश्वरहरि बहुमुखी क्याम्पस जिमुवामा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उम्मेदवार निर्बिे...
रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

महेन्द्रनगर–पछिल्लो समय डोटेली भाषामा गाइएका गीतहरूबाट चर्चित बनिरहेको रातोतातो स्टेसनले आफ्नो नयाँ गीत ‘हैला बुदी’ भिडियोसहित सार...
कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

महेन्द्रनगर–आज कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली पर्ब मनाईदैछ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज