Advertisement

नेकपा एमाले प्रचार विभागद्धारा पत्रकार महासंघ कञ्चनपुर शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान

महेन्द्रनगर–नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग कञ्चनपुरले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान तथा बधाइृ ज्ञापन गरेको छ । शुक्रबार नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले नेकपा एमाले कञ्चनपुरको पार्टि कार्यालयमा एक औपचारीक कार्यक्रमको आयोजना गरी महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको हो ।


नेकपा एमाले कञ्चनपुरका प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा जिल्ला उपाध्यक्ष जनकराज अवस्थीको सभापतित्व तथा नेकपा एमाले केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य कृपाराम रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई खादा माला तथा टिका लगाएर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य एबम् कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का पूर्व साँसद डा.दिपक प्रकाश भट्ट विशिष्ठ अतिथि रहेका थिए ।

गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता लगायतका उपलब्धि हासिल गर्न मिडियाको भूमिका महत्वपूर्ण भएको नेकपा एमाले केन्द्रिय सदस्य कृपाराम रानाले बताउनुभयो । ‘मिडिया जगतले हिजो निरंकुश काल होस, पञ्चायत काल होस, जनताको हक अधिकार रक्षाका महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ, अहिलेको गणतन्त्र, संघीयता, धर्म निरपेक्षाता, समावेशि लगायतका महत्वपूर्ण उपलब्धि हासिल गर्न पनि निकै महत्वपूर्ण भूमिका छ’ संविधान सभा सदस्य समेत रहेका रानाले भने , ‘अहिले यी उपलब्धि विरुद्ध विभिन्न खाले शक्ति लागि परेका छन्, यस्ता खाले प्रवृत्ति निरुत्साहित गर्न पनि पनि मिडियाको भूमिका महत्वूर्ण छ, अहिलेको उपलब्धिको रक्षा गर्न तपाई पत्रकाहरुको भूमिका नभई हुँदैन, पत्रकारको सशक्त भूमिका यी सबै उपलब्धि जोगाउन सकिन्छ, म त्यसका लागि सबै पत्रकारहरुमा आग्रह गर्छु ।’

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य एबम् कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का पूर्व साँसद डा.दिपक प्रकाश भट्टले सूचना प्रविधिको विकास र विस्तारले समाजमा सूचनाको प्रचार प्रसार सहज हुँदै गएको उल्लेख गर्दै पत्रकारिताका सिद्धान्त, मूल्य र मान्यतालाई टेकेर सूचना सम्प्रेण गरी पत्रकारले जिम्मेवार गर्नुपर्ने जिम्मेवारी पत्रकारमा आएको बताउनुभयो ।

 

एमाले कञ्चनपुरका उप सचिव राजीव खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रममा एमाले कञ्चनपुरका कार्यालय सचिव रामचन्द्र रेग्मी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामी, महासंघका पूर्व अध्यक्ष विष्णुदत्त अवस्थी लगायत जिल्लाका सक्रिय पत्रकार सहभागी भएका छन् । कार्यक्रमको संञ्चालन प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष लक्ष्मण पन्तले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज