Advertisement

टिकटकस्टार बर्मा विद्यालय सञ्चालनको तयारीमा, आर्थिक अवस्थाका कारण विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाईने

महेन्द्रनगर – टिकटक स्टारबाट समाजमा स्थापित भई समाजसेवामा लागेका युवा व्यवसायी अंशवर्माले कञ्चनपुर जिल्लामा विद्यालय संञ्चालन गर्ने भएका छन् । शैक्षिकशत्र २०८३ बाट पठनपाठन सुरु गर्ने लक्ष्यसहित जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरमा ब्राईटस्टार पब्लिक एकेडेमी नामक विद्यालयको स्थापना गरेका हुन् । उनले शुक्रबारका दिन शुभ साईतमा विद्यालय भवनको विधिबधरुपमा शिलन्यास गरेका छन् । टिकटक स्टार वर्माले हल्दुखालका युवा नविन भट्टसंग मिलेर डेढ करोड संयुक्त लगानीमा प्रविधिमैत्री विद्यालयको स्थापना गर्न लागेका हुन् । भवनको शिलन्यास कार्यक्रममा अंश बर्मा र नविन भट्टले विधिपुर्वक पुजाआजा गरेका छन् ।

 

 

आर्थिक कारणले विद्यालय पहँुचबाहिर रहेका र जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क पढाउने उदेश्यका साथ विद्यालयको स्थापना गर्न लागेको टिकटकस्टार वर्माले बताए । दुई बर्ष अडाडि भुकम्पको बेला बझाङ जादा आर्थिक अवस्थाले विद्यालय जानबाट बञ्चित भएका बालबालिका देखेपछि विद्यालय स्थापना गर्ने मनसाय बनाएको टिकटक स्टार वर्माले बताए । ‘एक बर्ष अगाडि मैले भनेको थिए, जो पनि पैसाकै अभावले पढाईबाट बन्चित छन तिनलाई म आफ्नो विद्यालयमा पढाउछु भनेको थिए, त्यो सपना पुरा गर्न गईरहेको छु, मैले एउटा सोच बनाएको थिए जव म भुकम्पको बेला बझांगमा आर्थिक अवस्थाका कारण स्कूल जानबाट बञ्चित भएको बालबालिका देखेपछि मेरो मनमा स्कूल खोल्छु भन्ने लागको थियो,’ उनले भने, ‘आर्थिक कारणले विद्यालय पहुचबाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाउने उदेश्य हो ।’
उनले विद्यार्थीहरुको रुचिअनुसारको क्षेत्रमा अगाडि बढ्नका लागि प्रेरीत गरीने बताए । ‘जो विद्यार्थीको रुचि जेमा छ त्यही क्षेत्रमा जान प्रेरित गर्र्ने,’ उनले भने, ‘खेलकुद क्षेत्रमा रुचि राख्नेलाई त्यही क्षेत्रमा लाग्न प्रेरित गर्ने, त्यसैगरी प्राईमरी लेवलबाट नै कम्प्यूटर विषय पढाउने सोच बनाएका छौ ।’

 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चपुरका प्रमुख एवं प्रहरी उपरीक्षक खड्क बहादुर खत्री, समाजसेवि करन पाल, सुप केन्द्रय क्याम्पसका प्रा उमाकान्त जोशी, पत्रकार, उद्यमी, व्यवसायी र स्थानीय तथा वर्माका शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
सामाजसेवामा लागेका उनको काठमाण्डौमा ‘चिया बगान’ रेष्टुरेन्ट, वर्मा नोटबुक तथा म्युजिक भिडियो लगायत थुप्रै क्षेत्रमा लगानी रहेको छ । विभिन्न क्षेत्रमा लगानी गरेका वर्माले सयौ जना लाई रोजगारी दिएका छन् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज