Advertisement

Day: २१ पुष २०८२, सोमबार

वेदकोट नगरपालिकाको १८ औँ नगर सभा सम्पन्नस् ५ वर्षे रणनीतिक योजना र सूचना प्रविधि नीति पारित

वेदकोट नगरपालिकाको १८ औँ नगर सभा सम्पन्नस् ५ वर्षे रणनीतिक योजना र सूचना प्रविधि नीति पारित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकाको १८ औँ नगर सभा तथा हिउँदे अधिवेशन सोमबार सम्पन्न भएको छ । नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा बसेको उक्त सभाले नगरपालिकाको आगामी ५ वर्षको विकास मार्गचित्र कोर्ने रणनीतिक योजनाहरूसहित विभिन्न महत्वपूर्ण ऐन र कार्यविधिहरू पारित गरेको छ । नगर सभाले कार्यपालिकाबाट यसअघि भएका निर्णयहरूलाई अनुमोदन गर्दै नगरको आर्थिक र सामाजिक विकासका लागि दूरगामी महत्व राख्ने दस्तावेजहरू पारित गरेको छ। जसअन्तर्गत आगामी पाँच वर्षका लागि ‘स्थानीय रोजगार रणनीति’ र ‘उद्यम विकास रणनीतिक योजना’ ९आर्थिक वर्ष २०८२र०८३ देखि २०८६र०८७० स्वीकृत गरिएको छ। यी योजनाहरूले नगरभित्र स्वरोजगारका अवसर सिर्जना गर्न र उद्यमशीलता प्रवद्र्धन गर्न जग बसाल्ने विश्वास गरिएको छ। नगरपालिकालाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ सभाले ‘वेदकोट नगरपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति २०८१...
भीमदत्त नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड नगरपालिकामै राखियो

भीमदत्त नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड नगरपालिकामै राखियो

samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भीमदत्त नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको शिल्ड नगरपालिका मै राखिएको छ । आईतबार कबर्ड हलमा गरिएको १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन गरीएता पनि पदक विवादकाकारण शिल्ड भने नगरपालिकामा फिर्ता ल्याईएको हो । समापन कार्यक्रममा विधागतरुपमा शिल्ड सहित विद्यार्थीलाई पदकहरु वितरण गरिएका छन् । समापन कार्यक्रममा प्रतियोगिताको विजेता विद्यालय घोषणा नगरी शिल्ड नगरपालिकामा ल्याईएको छ । प्रतियोगितामा उसु खेलको पदक गणनालाई लिएर विवाद भएको थियो । प्रतियोगिता निर्णायक समितिले राष्ट्रिय खेलकूद परिषद्को पत्रलाई वेवास्ता गरी पदक गणना नहुने निर्णय गरेपछि विवाद चर्किएको थियो । उसुका पदक सहित गणना भए बैजनाथ माध्यमिक विद्यालय सबैभन्दा बढी पदक भएर शिल्ड पाउनेछ । बैजनाथले जितेका पदक गणना नहुँदा सिद्धनाथ अमर मावि गड्डाचौकी पहिलो र पूर्णा मावि ऐरी दोस्रो स्थानमा...
प्रतिनिधि सभा निर्वाचनका लागि एमाले कञ्चनपुरबाट नाम सिफारिस

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले कञ्चनपुरबाट नाम सिफारिस

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेकपा एमाले कञ्चनपुरले फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि सात जनाको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको बैठकले क्षेत्रीय कमिटीबाट सिफारिस भई आएका नामहरूमा रायसहित प्रदेश कमिटीलाई पठाउने निर्णय गरेको हो । एमाले कञ्चनपुरका उपाध्यक्ष जनक राज अवस्थीले जिल्लाका तीनवटै क्षेत्रीय कमिटीले पठाएका नामहरूलाई आवश्यक सुझावसहित प्रदेश कमिटीमा सिफारिस गरिएको जानकारी दिए । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट तीन जनाको नाम सिफारिस गरिएको छ। सिफारिस सूचीमा विघटित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, केन्द्रीय कमिटी सदस्य कमला बोहरा तथा निर्वतमान केन्द्रीय सदस्य इन्दु कडरियाको नाम रहेको छ। त्यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छनोट निर्वाचनबाट गरीएको छ । मतदानबाट पूर्व केन्द्रीय सदस्य नर बहादुर धामी, प्रदेश कमिटी ...
एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा

एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ओलीमाथि लगाएको विदेश भ्रमण रोक र स्थानहद फुकुवा गर्ने निर्णय गरेको हो। आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौं उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो। आइतबार जाँचबुझ आयोगले अध्यक्ष ओलीसँग बयान लिएको थियो। त्यससँगै उनको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।...
सुदूरपश्चिममा लागूऔषधमुक्त समाज निर्माणका लागि प्रदेशस्तरीय प्रभातफेरी सम्पन्न

सुदूरपश्चिममा लागूऔषधमुक्त समाज निर्माणका लागि प्रदेशस्तरीय प्रभातफेरी सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, कञ्चनपुर - सुदूरपश्चिम प्रदेशलाई लागूऔषधमुक्त बनाउने उद्देश्यसहित प्रदेशस्तरीय प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय तथा प्रदेश युवा परिषद्को आयोजनामा “लागूऔषधमुक्त प्रदेश–हाम्रो अभियान, हाम्रो पहिचान” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिएको हो। कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२, वाणीस्थित जे.बी. एकेडेमीको सहकार्यमा २०८२ साल पौष २१ गते सोमबार आयोजित प्रभातफेरी विद्यालय परिसर तथा आसपासका क्षेत्र हुँदै सम्पन्न भएको थियो। प्रभातफेरीमार्फत लागूऔषधको दुरुपयोगले निम्त्याउने सामाजिक, पारिवारिक तथा व्यक्तिगत समस्याबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो। कार्यक्रमको अध्यक्षता प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सामाजिक विकास मन्त्रालयकी माननीय राज्य मन्त्री ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज