Advertisement

Day: १७ मंसिर २०८१, सोमबार

दोधारा चाँदनीमा बाघको आक्रमण, थप उपचारको लागी महाकाली प्रादेशिक अस्पताल रिफर

दोधारा चाँदनीमा बाघको आक्रमण, थप उपचारको लागी महाकाली प्रादेशिक अस्पताल रिफर

Breaking News 1, सुदूरपश्चिम
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका– २ सरस्वती टोल निवासी वर्ष अन्ताजी ६५ का शेर सिंह साँउदलाई बाघको आक्रमणबाट घाईते बनाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले जानकारी दिनुभएको छ् । आज बिहान मायापुरी मध्यवर्ती सामुदायिक बनमा भैसी चराउन गएको अवस्थामा बाघको आक्रमणमा परि साँउद घाईते भएको प्रहरी निरिक्षक जगत गाहा मगरले बताउनुभएको छ् । साँउदको हात, मुखमा गहिरो चोट लागेको प्रहरीको भनाई रहेको छ् । दोधारा चाँदनी नगर अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर रिफर गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । केही महिना अघि बाघको आक्रमणबाट सोही वडा निवासी २३ वर्षीया हिरादेवी शाहुको मृत्यु भएको हो ।...
‘मानक सञ्चालन कार्यविधी’ निर्माणको लागी माईतीको ‘हस्ताक्षर संकलन अभियान’

‘मानक सञ्चालन कार्यविधी’ निर्माणको लागी माईतीको ‘हस्ताक्षर संकलन अभियान’

Breaking News 2, शिक्षा
पप्पु गुरुङ्ग । माइति नेपाल कञ्चनपुरले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा ‘हस्ताक्षर संकलन अभियान’ संचालन गरेको छ । मानव बेचविखनका प्रभावितहरु र लैंगिक हिंसाका कारण घरबार बिहीन भएकाहरुको उद्धार, स्वदेश फिर्ती तथा सामाजिक पुनरस्थापनाका लागि अबिलम्ब “मानक सञ्चालन कार्यविधी निर्माण गरी लागु गर्नका लागि सरकारलाई दवाब दिन हस्तारक्षर संकलन अभियान संचालन गरिएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । मानव बेचविखन तथा ओसारपसारका प्रभावितहरुको उद्धार, स्वदेश फिर्ती तथा सामाजिक पुनरस्थापना र लैंगिक हिंसा बाट पिडित भई घरबार बिहीन भएकाहरुको सामाजिक पुनरस्थापनाका लागि आवश्यक स्पष्ट ‘मानक सञ्चालन कार्यविधि (एसओपी) नहुदा मानव बेचविखन तथा ओसापसार नियन्त्रणमा काम गर्ने निकाय एवम् संघ/संस्थाहरुले निकै सास्ती र कठिनाई भोग्नु पर्दै आएको संयोजक महेश्वरी भट्टले बतनाउनुभयो...
मानव बेचबिखन बिरुद्ध बिद्यार्थीहरुलाई सचेत गराउदै माईती नेपाल

मानव बेचबिखन बिरुद्ध बिद्यार्थीहरुलाई सचेत गराउदै माईती नेपाल

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा क्रियाशिल संस्था माईती नेपालले कञ्चनपुरको दोधारा चाँदनीमा सचेतनामुलक कार्यक्रम सम्पनन गरेको छ् । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत माईती नेपाल कञ्चनपुरले बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको एक दिने सचेतनमुलक कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ स्थित शंरक पार्वती माध्यमिक बिद्यालयका कक्षा ९ र १० का बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको संयोजक महेश्वरी भट्टले बताउनुभयो । मानव बेचबिखन बिरुद्ध किशोरीहरु मार्फत समुदाय स्तर सम्म चेतना अभिबृद्धि गर्ने उद्धेश्यले हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा माइती नेपालले किशोरीहरुलाई कानुनी अनुशिक्षणको आयोजना गरिएको संयोजक ...
भीमदत्त नगरपालिका वडा नं.६ को वडाध्यक्षमा काकालाई हराउदै भतिजा निर्वाचित

भीमदत्त नगरपालिका वडा नं.६ को वडाध्यक्षमा काकालाई हराउदै भतिजा निर्वाचित

Breaking News 1, Breaking News 2, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, समाचार
महेन्द्रनगर-कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं.६को वडा अध्यक्ष पदको लागि भएको उप निर्वाचनमा कांगेसका उमेदवार प्रकाश बहादुर चन्दले आफ्नै काका बहादुर चन्दलाई हराएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । मंसिर १६ गते भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उमेदवार प्रकाशले एमाले उमेदवारलाई ६ सय २० मतअन्तरले पराजित गरेका हुन । वडा अध्यक्ष प्रकाशले एक हजार एक सय ७ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्धद्धि एमाले उम्मेदवार बहादुरले ४ सय ८७ मत प्राप्त गरेका हुन ।  त्यसैगरी राप्रपाका उमेदवार शुशिल कुमार भट्टले ३ सय ६९ मत, नेकपा एकिकृत समाजवादीका उमेदवार जितेन्द्र बहादुर चन्दले २ सय २५ मत, रास्वपाका उमेदवार रामदत्त भट्टले २ सय १८ मत, माओवादी केन्द्रका उमेदवार नानाराम कोलीले १ सय २२ मत, स्वतन्त्र उमेदवार थानेश्वर लेखकले एक सय ४२ मत, नागरीक उन्मुक्तिका उमेदवार हरिष डगौराले १ सय २७ मत, अर्क...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज