Advertisement

Breaking News 2

दोधारा चाँदनीको बाढी ग्रस्त बिद्यालयका झण्डै १७ सय बिद्यार्थीलाई एनएनएसडब्लुएको सहयोग

दोधारा चाँदनीको बाढी ग्रस्त बिद्यालयका झण्डै १७ सय बिद्यार्थीलाई एनएनएसडब्लुएको सहयोग

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी ग्रस्त सामुदायिक बिद्यालयमा संस्थाले सहयोग गरेको छ् । सेभ द चिल्ड्रन, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा दोधारा चाँदनी नगरपालिकाका १५ वटा बाढी ग्रस्त सामुदायिक बिद्यालयका झण्डै १७ सय बिद्यार्थीलाई सहयोग सामग्री बितरण गरिएको छ् । कक्षा १ देखि ५ सम्म अध्यन गर्ने बिद्यार्थीहरुलाई कापी, कलम, पोशाक लगाएत शैक्षिक सामग्री, शिक्षकहरुलाई अध्यापन सामग्री बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । सेभ द चिल्ड्रन, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोगमा बाढी प्रभावित क्षेत्रका बिद्यालयका बिद्यार्थीहरुलाई पठन पाठनमा सहजताको लागी बिद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामग्री, शिक्षकहरुलाई अध्यापन सामग्री बितरण गरिएको उहाँले बत...
प्रदेश सभा सदस्यको टोली दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा, क्षतीपुर्ती र तटबन्ध निमार्णको पहल गर्ने

प्रदेश सभा सदस्यको टोली दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा, क्षतीपुर्ती र तटबन्ध निमार्णको पहल गर्ने

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । शुदुरपश्चिम प्रदेश सभा सदस्यको जम्बो टोली दोधारा चाँदनी नगरपालिकाको बाढी ग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ् । शनिवार दोधारा चाँदनी नगरपालिका–३ पटराखल्ला, वडा नं. ७ कञ्चनभोज, जर्का टोल, वडा नम्बर ८ सुन्दरनगर र वडा नम्बर १० कुतियाकवर, अठार नम्वर पिल्लर बस्तीको स्थलगत निरीक्षण गरेको हो । टोलीमा शुदुरपश्चिम प्रदेश सभा सदस्य सदस्य दिवान सिंह बिष्ट, प्रकाश रावल, ईन्द्रा गिरी, रामेश्वर चौधरी, जुना डांगी र नेपाली काग्रेंसका नेता तथा दोधारा चाँदनी नगरपालिकाका पुर्व मेयर बिर बहादुर सुनार, नेपाली काग्रेंसका नेता गोपाल दत्त भट्ट, पुष्कर दत्त जोशी, राजेन्द्र मल्ल लगाएत रहेका थिए । जोगबुडा नदी र महाकाली नदीले कटानको दीर्घकालीन समाधानका सम्भावना पहिल्याउन जनप्रतिनिधी टोली स्थलगत निरिक्षण गरेको हो । टोलीलाई बाढी ग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेर समस्या समाधानका लागि पहल अघि बढाउने उ...
किन टाँसिन्छ मूलढोका माथि नागको चित्र ? यस्तो छ धार्मिक मान्यता

किन टाँसिन्छ मूलढोका माथि नागको चित्र ? यस्तो छ धार्मिक मान्यता

Breaking News 2, शिक्षा, समाचार, सुदूरपश्चिम
दोधारा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मङ्गलबार परम्परा अनुसार नागको पूजा गरी मनाइदैँछ । यस वर्षको नाग पूजा साउन २५ गते शुक्रवार परेको छ । नागका बाह्र नाम भए पनि आठ कुलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई  ब्राह्मण पुरोहितबाट पूजा आजा गरी घरको ढोकामाथि टाँसिन्छ । घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने  शास्त्रीय मान्यता रहेको छ । बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको आज पूजा गरी दुबो, गाईको दूध, अक्षता...
जनताको सुख, दु:खका सारथी बन्दै दोधारा चाँदनीका वडाध्यक्ष भक्त बहादुर

जनताको सुख, दु:खका सारथी बन्दै दोधारा चाँदनीका वडाध्यक्ष भक्त बहादुर

Breaking News 2, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष भक्त बहादुर सुनार जनताको सुख, दु:खका सारथी बन्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले आफुले पाउने सरकारी सेवा सुबिद्याबाट गरिव र विपन्नहरुको पिडामा मलहम लगाउने गर्दै आएका छन् । आफुले पाउदै आएको सरकारी सेवाले गरिब, गुरुवाका समस्यालाई निराकरण गर्न खर्चदै आएका छन् । वडामा मात्रै नभई नगर क्षेत्रमा रहेका असाहय, विपन्न र साधुसन्तलाई सहयोग गरिरहने वडाध्यक्ष सुनार यस अघिको स्थानिय सरकारका सोही वडाका वडाध्यक्ष पदमा बिजय भएका हुन् । उनले तिन कार्यकाल वडाध्यक्ष पदमा बिजय भएर जनताको सेवा गर्दै आएका छन् । आज दोधारा चाँदनी नगरपालिका– १ र ८ का बिरामीहरुलाई वडाध्यक्ष भक्त बहादुर सुनारले आर्थिक सहयोग गरेका छन् । उनिहरुको उपचारमा सहयोग होस् भन्ने उद्धेश्यले आफुले ब्यक्तीगत सहयोग गरेको बताएका छन् । दोधारा चाँदनी नगरपालिका– १ का...
बेदकोट ८ गैलनदीमा श्रीमद् भागवत सप्ताह शुरु

बेदकोट ८ गैलनदीमा श्रीमद् भागवत सप्ताह शुरु

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको बेदकोट नगरपालिका गैलनदीमा श्रीमद् भागवत सप्ताह शुरु भएको छ । आइतबारदेखि बेदकोट नगरपालिका ८ गैलनदीमा वडा कार्यालयको आर्थिक सहयोग तथा सामाजिक अगुवाहरुको अगुवाईमा श्रीमद् भागवत सप्ताह सुरु गरिएको हो । बेदकोट नगरपालिका ८ का वडाध्यक्ष एव महायज्ञ मुल आयोजक समितिका संयोजक महेशदत्त जोशीले बेदकोट नगर धार्मिक पालिका भएको भन्दै सनातन हिन्दु धर्मको सरक्षणका निमित्त धार्मिक पर्यटन बृद्धि विकास र समाजिक विकासका लागि महायज्ञ संचालन गर्न लागेको बताए । ‘हामीले महायज्ञ धार्मिक सहिष्णूता कायम गर्न सबै धर्मको सरक्षण गर्नका लागि वडामै महायज्ञ संचालन गर्न लागेका छौँ, ‘उनले भने, ‘महायज्ञबाट बेदकोट नगर धार्मिक पर्यटन बृद्धि विकासका लागि महासंज्ञ संचालन गर्न लागेका छौँ ।’ महायज्ञबाट नैतिक शिक्षादेखि समाजिक बृद्धि विकासका लागि हामीले प्रण गरेको बताए । बेदकोट नगर उपप्रमुख तुलसी जोशीले स...
दोधारा चाँदनीमा लागु औषध न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम

दोधारा चाँदनीमा लागु औषध न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम

Breaking News 2, समाचार, सुदूरपश्चिम
दोधारा । दोधारा चाँदनी नगरपालिकामा प्रहरीको लागुऔषध सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको मातहतमा रहेको अस्सथायी प्रहरी पोष्ट झोलुङ्गे पुलको आयोजनामा दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको मालिका आधारभुत बिद्यालयमा अध्ययनरतमा अध्यनरत बिद्यार्थीहरुलाई लागु औषध दुर्व्यशनी रोकथाम तथा नियन्त्रण र यसको सेवन बाट हुने असर, देखिने लक्ष्यण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।   बिद्यार्थीहरुलाई लागु औषध दुर्व्यशनी रोकथाम तथा नियन्त्रण र लागुऔषध सेवन बाट हुने असर, देखिने लक्ष्यण सम्बन्धी बिद्यार्थीहरुलाई जानकारी गराईएको थियो ।  ...
बिहानै देखि उखु बारीमा बाघको खोजी सुरु

बिहानै देखि उखु बारीमा बाघको खोजी सुरु

Breaking News 2, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर –कञ्चनपुरमा महिला माथि आक्रमण गर्ने बाघ बिहीबार नियन्त्रण लिन नसकेपछि शुक्रवार पुनः खोजी कार्य सुरु गरिएको छ । बिहीबार रात परेकाले खोजी गर्न समस्या आएपछि शुक्रवार बिहानै देखि खोजी कार्य सुरु गरिएको हो । बिहीबार बिहान १० दोधारा चाँदनी नगरपालिका –२ मा बाघको आक्रमणमा परी सोही ठाउँकी २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो । बुधवार साँझ देखि सो ठाउँमा देखिरहेको नरभक्षी बाघ नियन्त्रणमा आउन सकिएको छैन। महिलाको शव फेला परेपछि बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक डार्ट टोली र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको ४ हात्ती सहितको टोलीले खोजी सुरु गरेको थियो। बर्दियाको प्राविधिक टोलीले बिहीबार साँझ ४ बजेपछि खोजी कार्य सुरु गरिएको थियो । ३ घण्टा लगातार प्राविधिक टोलीले खोजो गर्दा बाघ नियन्त्रणमा आएन । नियन्त्रणम...
दोधारा चाँदनीका ९१ बाढी पिडित घरपरिवारहरुलाई ईन्फिनिटी लघुबित्तिय संस्थाको खाद्यान्न सहयोग

दोधारा चाँदनीका ९१ बाढी पिडित घरपरिवारहरुलाई ईन्फिनिटी लघुबित्तिय संस्थाको खाद्यान्न सहयोग

Breaking News 2, शिक्षा, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी पिडितहरुलाई राहत बितरण गरिएको छ् । गएको २४ र २५ गते आएको ऐतिहासिक अबिरल वर्षा संग जगबुडा नदी र महाकाली नदीमा आएको बाढीले क्षती दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ठुलो धनमालको क्षती बनाएको हो । बाढीले स्थानियहरुको अन्नपात, लुगा कपडा तथा घर भत्काईदिएपछि बाढी पिडितहरुमा समस्यामा रहदै आएका छन् । बाढीले आफ्ना सदस्यहरुको अन्नपात, लुगा कपडा तथा घर भत्काईदिएपछि ईन्फिनिटी लघुबित्तिय संस्था लि. दोधारा चाँदनी शाखाले उनिहरुलाई बाढी खाद्यान्न बितरण गरेको छ् । ईन्फिनिटी लघुबित्तिय संस्था लि. दोधारा चाँदनी शाखाले आफ्ना ९१ जना बाढी पिडित सदस्यहरुलाई खाद्यान्न बितरण गरेको ईन्फिनिटी लघुबित्तिय संस्था लि. केन्द्रिय कार्यालय कर्जा बिभागका प्रमुख प्रेम बहादुर थापाले जानकारी दिनुभएको छ् । दोधारा चाँदनीमा आएको अविरल वर्षा संग महाकाली नदी र जगबुडा नदीमा आएको बाढील...
दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्ती जोगाउन अस्थायी तटबन्ध निर्माण

दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्ती जोगाउन अस्थायी तटबन्ध निर्माण

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरका दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको नेपाली सिमा बस्तीलाई बाढीबाट जोगाउन दोधारा चाँदनी नगरपालिकाले अस्थायी तटबन्ध निमार्ण कार्यलाई तिब्रता दिएको छ् । दोधारा चाँदनी नगरपालिका– १० को अठार नम्वर पिल्लर बस्तीलाई बाढीबाट जोगाउन दोधारा चाँदनी नगरपालिका र स्थानियहरुको सहयोग र सहकार्यमा अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको स्थानिबासीहरुले बताएका छन् । अठार नम्वर पिल्लर बस्ती दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको नेपाली सिमा बस्ती हो । जगबुडा नदीको पारिको बस्ती अठार नम्वर पिल्लर बस्तीमा अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । नगर क्षेत्रमा केही दिन अघि ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै जगबुडा नदीको बाढीले बिभिन्न बस्तीहरुमा ठुलो क्षती बनाएको नगर प्...
दोधार चाँदनीको अग्रणी विद्यालय लक्ष्मी मावि बाबाथानको शिक्षकहरुलाई भव्य स्वागत तथा विदाई

दोधार चाँदनीको अग्रणी विद्यालय लक्ष्मी मावि बाबाथानको शिक्षकहरुलाई भव्य स्वागत तथा विदाई

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरको दोधाराचादनी नगरपालिकाले शिक्षक हरुको सरुवा गरेपछि लक्ष्मी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले विभिन्न विद्यालयबाट सरुवा भएर आएका शिक्षकहरुलाई स्वागत तथा उक्त विद्यालयबाट सरुवा भई भएका शिक्षकको विदाई गरेको छ । अन्य विद्यालयबाट सरुवाभई आएका शिक्षक यज्ञ राज पण्डित, धर्मराज पण्डित, तिर्थ बहादुर बस्नेत, सर्वजीत बुढा, नरेन्द्र चन्द, चन्द्र बहादुर खड्का र दिल बहादुर सिंहलाई विद्यालयका भव्यताकासाथ स्वागत गरेको छ भने विद्यालयकाबाट सरुवा भएका शिक्षक राधिका भट्ट, रमेश प्रसाद उपाध्याय, दुर्गा मल्ल, टिकाराम शर्मा, तेज सिंह विष्ट, धन बहादुर ओली, दिपक चन्द्र ओझा, चन्द्रसिंह विष्ट र अम्बादत्त भट्टलाई विदाई तथा सम्मान कार्यक्रम गरेको हो । उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर रावतले गरेका थिए । कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष द...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज