Advertisement

दोधारा चाँदनीको बाढी ग्रस्त बिद्यालयका झण्डै १७ सय बिद्यार्थीलाई एनएनएसडब्लुएको सहयोग

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी ग्रस्त सामुदायिक बिद्यालयमा संस्थाले सहयोग गरेको छ् । सेभ द चिल्ड्रन, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा दोधारा चाँदनी नगरपालिकाका १५ वटा बाढी ग्रस्त सामुदायिक बिद्यालयका झण्डै १७ सय बिद्यार्थीलाई सहयोग सामग्री बितरण गरिएको छ् । कक्षा १ देखि ५ सम्म अध्यन गर्ने बिद्यार्थीहरुलाई कापी, कलम, पोशाक लगाएत शैक्षिक सामग्री, शिक्षकहरुलाई अध्यापन सामग्री बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । सेभ द चिल्ड्रन, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोगमा बाढी प्रभावित क्षेत्रका बिद्यालयका बिद्यार्थीहरुलाई पठन पाठनमा सहजताको लागी बिद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामग्री, शिक्षकहरुलाई अध्यापन सामग्री बितरण गरिएको उहाँले बतानुभएको छ् । बाढीको कारण बिद्यार्थीहरुको कापी, किताव लगाएत शैक्षिक सामग्री बगाएको, भिजेको अवस्था आफुहरुले महशुस गरेको हुदा नेपाल राष्ट्रिय समाज कल्याण संघको पहलमा शैक्षिक सहजताको लागी बिद्यार्थीहरुलाई शैक्षिक सामग्री, बिद्यालयलाई अध्यापन सामग्री बितरण कार्य अघि बढाईएको नगरप्रमुख लिम्बुले बताउनुभएको छ् ।

गत असार २२ गते देखि २४ गते सम्म परेको अविरल वर्षा संगै आएको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनेको हो । बाढी व्यस्थापनको लागी दोधारा चाँदनी नगरपालिका क्षेत्रमा डिसीए नेपाल संग सहकार्य गर्दै आएको र अहिले आएर सेभ द चिल्ड्रन संग सहकार्य गरि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीले प्रभावित बनाएका क्षेत्रका बिद्यालय तथा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा अध्यापन सामग्री बितरण सुरु गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगर क्षेत्रमा रहेका २२ बिद्यालयहरुले शिक्षक अध्यापन सामग्री र वालविकास कक्षाहरुका लागी अध्यापन सामग्री र बाढी ग्रस्त क्षेत्रमा बसोवास गर्ने १५ बिद्यालयलाई पोशाक, शैक्षिक सामग्री, शिक्षकहरुलाई अध्यापन सामग्री बितरण कार्य सुरु गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभएको छ् । बाढी आएको बेला आफुहरु ज्यान बचाउन भागा भाग गर्नु पर्ने ओंमकार आधारभुत बिद्यालयका एक बिद्यार्थी एलिसा शर्माले बताएकी छिन् ।

बाढी आएको बेला घरमा रहेको कापी, किताव, पोशाक बगाएको एलिसाले बताईन् । एलिसाले कापी, किताव बाढीले बगाएको अवस्थामा संस्थाले गरेको सहयोगले आफु निकै खुशी भएको बताएका छन् ।

नगरपालिका क्षेत्रमा रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षती बनाएको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज