Advertisement

Breaking News 1

पार्टीको एघारौं महाधिवशेनका लागि एमालेमा आज देशैभरी प्रतिनिधि छनौट हुँदै

पार्टीको एघारौं महाधिवशेनका लागि एमालेमा आज देशैभरी प्रतिनिधि छनौट हुँदै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं -एघारौं महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरी प्रतिनिधि छनौट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार अस्ती ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेद्वारी मनोनयन भएको छ । केही निर्वाचन क्षेत्रमा अस्ती सहमती जुटेको छ । सहमती नजुटेका क्षेत्रहरुमा आज विहान ८ बजे देखि निर्वाचन हुँदैछ । निर्वाचनको समयमा अधिकांस क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न जिल्लाहरुले अनुकुलता अनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला,महिला,दलित तथा युवाहरु सहित करिब २ हजार प्रतिनिधि छनौट हुदैछन् । यस्तै प्रवास,जनसंगठन र विभागहरुबाट करिब १ सय प्रतिनिधि छनौट हुनेछन् । मनोनित एमालेको ११ महाधिवशेनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि छनौटका लागि केन्द्रीय स...
बेलडाँडी गाँउपालिका उपाध्यक्ष नाथ अनाथ बालबालिकाका घरदैलोमा

बेलडाँडी गाँउपालिका उपाध्यक्ष नाथ अनाथ बालबालिकाका घरदैलोमा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ती नाथ बेलडाँडी गाँउबासीका समस्या, पिडा बुझ्न घरदैलोमा पुग्ने गरेकी छन् । अधिकांस नेताकार्यकर्तामा निर्वाचित भएपछि मतदाता र आम नागरीकतर्फ फर्केर नहेर्ने÷नआउने परम्परा नै छ । तर विगत बर्षौदेखि समाजसेवामा खटिदै आएकी उपाध्यक्ष नाथ जनप्रतिनिधि भएदेखि नै पालिकाभित्रका स्थानीयका घरदैलोमा पुगिरहेकी हुन् । उनी कहिले अपांगता भएका मानिसहरुलाई सहयोग गर्न पुग्छन् त कहिले भारतमा बेचिएका निर्दोष महिलाहरुको उद्धारमा खटिन्छन् । उनको समाजीक कार्य दिनहुको समयतालिका बनिरहेको छ । पछिल्लो केहिदिन देखि दुख पिडामा रहेका स्थानीयका पिडा बुझ्न उपाध्यक्ष नाथ वडा नं. १ र २ मा घरदैलो चहारी रहेकी छन् । आफुले र पालिकाले समाधान गर्न सकिने समस्या छन् भने उक्त समस्या समाधान गर्न आफै सरिक हुनेगर्छन् । भने अन्य निकायबाट समाधान गर्नुपर्ने समस्या छन् भने भनसुन र सल्लाह तथा पहल गरिद...
निर्वाचन क्षेत्र नं. ३मा पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध

निर्वाचन क्षेत्र नं. ३मा पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध

Breaking News 1, samachar, अर्थ, कोशी प्रदेश, खेलकुद, मनोरञ्जन, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा(एमाले)को ११औ महाधिबेशन प्रतिनिधिका लागि पूर्व साँसद दिपक प्रकाश भट्टसहित ११ जनाले उमेदवारी दिएका छन् । बुधबार एमाले पार्टी कार्यालयमा खुला, युवा र महिला गरी तिन कलस्टरकाबाट चार जना महाधिबेशन प्रतिनिधिका लागि ११ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत अर्जुन कार्कीले जानकारी दिए । खुलाबाट पूर्व सांसद दिपक प्रकाश भट्टसहित ६ जनाले उमेदवारी मनोनय दर्ता गराएका हुन् । उमेदवारी दिनेमा एमाले सुप प्रदेश कमिटी सचिवालय सदस्य महेश प्रसाद पन्त, एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र एमाले जिल्ला सदस्य विष्णु कँडेल तथा ओमकार पन्त रहेका छन ।   महाधिवेशन प्रतिनिधिमा महिलाको तर्फबाट चिनी गिरीले उमेदवारी दिएकोमा उनको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी छन् । महिलामा कम...
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिकको विरुद्धमा परेन उमेदवारी

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिकको विरुद्धमा परेन उमेदवारी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – अहिले कञ्चनपुर जिल्लामा एमालेको ११औ महाधिबेशनका लागि प्रतिनिधि छनौट चलिरहेको छ । जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रबाट एमालेले महाधिबेशन प्रतिनिधि छनौट गरीरहेको हो । यहि क्रममा निर्वाचन क्षेत्र नं. ३ बाट दलित कलष्टरबाट महिला र पुरुष गरी दुई जना प्रतिनिधि छनौट गरिन लागेकोमा दलित महिला कोटामा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लक्ष्मी विकले उमेदवारी दिईन् । उनका विरुद्धमा कुनै पनि उमेदवारी परेको छैन् । उनी निविरोध प्रतिनिधि चयन हुनेमा दुईमत छैन । एमाले पार्टी कार्यालयमा दलित क्लष्टरको निर्वाचन कमिटीका अनुसार महिलामा विकको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध हुने निश्चित छ । पुरुषमा दुई जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कृष्ण सुनारले जानकारी दिए । भारमल सुनार र आरपी सार्कीले उमेदवारी दर्ता गराएका छन् । उमेदवारी फिर्ताको समय मंसिर ११ गते दिउसो३ बजेसम्म रहेको छ । यदि उक्त ...
महाकाली नदीमा एक युवक वेपत्ता, सेना सहितको उद्धार टोलीले पनि भेटाएन्

महाकाली नदीमा एक युवक वेपत्ता, सेना सहितको उद्धार टोलीले पनि भेटाएन्

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर –महकाकाली नदीमा मंगलबार दिउँसोदेखि एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका १२ का रोसन दमाई(मनोज)को खोजी कार्यमा खोज तथा उद्धार सामाग्री सहित नेपाली सेना र प्रहरीको टोलीले मंगलबार राति अँध्यारोसम्म खोजिकार्य गर्दा पनि भेटिएनन् । खोजीका लागि सेनाको टोली बराहदल गुल्म इलाका प्रहरी कार्यालय गड्डाचौकी, सीमा सुरक्षा गुल्म गड्डाचौकी र भीमदत्त नगरपालिकाका नगर प्रहरीको टोली खटिएको थियो । भीनपा १२ ओदालीका २० वर्षिय दमाई मंगलबार दिउँसो महाकाली नदीको चार लेन पुल नजिकबाट नदीमा वेपत्ता भएका छन् । भीमदत्त नगरपालिका विपद् फोकल पर्सन मनोज भट्टले खोजी कार्यमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता भएको जानकारी दिए । वेपत्ता नेपालीको खोजीका लागि सेना सहित सुरक्षा निकाय खोज तथा उद्धार सामाग्री लिएर दिउँसो महाकाली पुगेका थिए । बुधबार विहानसम्म वेपत्ता नेपाली भेटिएका छैनन् ।...
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : वेदकोट नगरपालिकाले प्रत्येक वडामा जनचेतना मुलक कार्यक्रम गर्ने

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : वेदकोट नगरपालिकाले प्रत्येक वडामा जनचेतना मुलक कार्यक्रम गर्ने

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बेदकोट नगरपालिकाले वडावडामा विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । मंगलबार ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ वेदकोट नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाले ३४औ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारीक कार्यक्रम गरी समुद्धघाटन गरेको हो । कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख राधिका पन्तले १६ दिने अभियानको शिलसिलामा पालिकाको १० वटै वडामा सचेतनामुलक कार्यक्रम गरीने कार्यतालिका प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यतालिका अनुसार मंसिर ११ गते वडा नं. २ को छाउगोठ भएको समुदायमा छाउपढी कुप्रथाकाबारेमा अन्तरक्रिया, मंसिर १२ गते वडा नं. ३को छाउगोठ भएको समुदायमा छाउपढी कुप्रथाकाबारेमा अ...
सरकारलाई प्रहरी पनि एमाले,अदालत पनि एमाले जस्तो लाग्न थालेको छ : अध्यक्ष ओली

सरकारलाई प्रहरी पनि एमाले,अदालत पनि एमाले जस्तो लाग्न थालेको छ : अध्यक्ष ओली

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतान्त्रिक प्रणाली अस्विकार गरेको बताउनुभएको छ । नेकपा एमाले बागमती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुशीला कार्की सरकार कृतिम ढंगले गठन भएको बताउनुभयो । ‘यो सरकार लोकतन्त्रका विरुद्ध गठन गरिएको हो । यसले लोकतान्त्रि चरित्र देखाउन सक्दैन ’ अध्यक्ष ओलीले भन्नुभयो ‘यो सरकारको संवैधानिक परीक्षण हुनै पर्दछ । संविधानले यसलाई कुनै हालतले उचित ठहर्याउन सक्दैन ।’ मानिसको पुस्तासँग जोडेर जेन जी भनिएकोमा यो शब्दावलीलाई अध्यक्ष ओलीले कृतिमको संज्ञा दिनुभएको छ । ‘जेन जीका नाममा युवाहरुलाई दिग्भ्रमित पार्ने र युवालाई दुरुपयोग गर्ने काम भएको छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘हामी सुशासनको पक्षमा,भ्रष्टाचारको विरुद्धमा लडिरहेका थियौं । यस्तो बेला युवाहरुलाई भड्काएर हामी विरुद्ध प्रयोग गरियो । देश जला...
एमालेले आज काठमाडौंमा जनसभा गर्दै

एमालेले आज काठमाडौंमा जनसभा गर्दै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं- नेकपा एमालेले प्रतिगामी षडयन्त्रका विरुद्ध सुरु गरेको जनपरिचलान कार्यक्रम अन्तरगत आज काठमाडौंमा जनसभाको आयोजना गरेको छ । भदौ २३ र २४ गतेको विध्वंसपछि असंवैधानिक रुपमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभाको विघटन गरिएको विरोधमा एमालेले कात्तिक २२ गते देखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ । एमालेले प्रतिनिधिसभाको पुनस्र्थापनालाई मुख्य माग राखेर आजको जनसभा आयोजना गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटी मण्डपमा हुनेछ । एमालेका नेता,कार्यकर्ता,जनसंगठन,सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ । प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने गौतमले बताउनुभयो । जनसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । ...
५ औँ कञ्चनपुर सम्मेलन दश बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न

५ औँ कञ्चनपुर सम्मेलन दश बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – पाचौ कञ्चनपुर सम्मेलन सम्पन्न भएको छ । शुक्रबार बेलौरी नगरपालिकाको आयोजना एव एनएनएसडब्लुएको प्राविधिक सहयोगमा “सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च” भन्ने नाराका साथ सुरु भएको पाँचौँ कञ्चनपुर सम्मेलन सम्पन्न भएको हो । बेलौरीमा सम्पन्न उक्त सम्मेलनले जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पक्षमा १० बुँदे ‘बेलौरी घोषणापत्र’ जारी गरेको छ । दीगो विपद् व्यवस्थापन, जोखिम न्यूनिकरण र स्थानीय सरकारको सक्रिय भूमिका सुनिश्चित गर्नउक्त सम्मेलन आयोजना गरीएको छ । उक्त सम्मेलनमा जिल्लाका नौवटै स्थानीय तहका प्रमुख उपप्रमुख सरकारी तथा गैरसरकारी संघ–संस्था, सुरक्षाकर्मी, सञ्चारकर्मी, विज्ञ एवम् सरोकारवालाको सहभागिता रहेको थियो। सम्मेलनले आगामी दिनमा जिल्लामा हुने कुनै पनि प्राकृतिक वा मानवसृजित विपद् जोखिमको सामना गर्न तयारी, योजना र समन्वयलाई प्राथ...
प्रसूतिको भवनमा भ्रष्टाचार गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दर्ता

प्रसूतिको भवनमा भ्रष्टाचार गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दर्ता

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – प्रसूति केन्द्र भवन निर्माणमा भ्रष्टाचार आरोपमा ६ जना विरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोक कुमार सिंह सहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ मा प्रसूति केन्द्र भवन निर्माणमा आर्थिक अनियमितता भएको ठहर गर्दै बिहीबार मुद्दा दर्ता गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रसूति केन्द्र भवन निर्माणको लागि स्वास्थ्य कार्यालय बाजुराबाट २० लाख विनियोजन भएको र स्थानीय उपभोक्ताबाट ६ लाख १५ हजार २०६ रुपैयाँको लागतमा भवन निर्माण गरिएको थियो। उक्त काम मापदण्ड विपरीत भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र ३ बमोजिम स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोक कुमार सिंह, शिक्षा विकास तथा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज