Advertisement

५ औँ कञ्चनपुर सम्मेलन दश बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न

महेन्द्रनगर – पाचौ कञ्चनपुर सम्मेलन सम्पन्न भएको छ । शुक्रबार बेलौरी नगरपालिकाको आयोजना एव एनएनएसडब्लुएको प्राविधिक सहयोगमा “सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च” भन्ने नाराका साथ सुरु भएको पाँचौँ कञ्चनपुर सम्मेलन सम्पन्न भएको हो । बेलौरीमा सम्पन्न उक्त सम्मेलनले जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पक्षमा १० बुँदे ‘बेलौरी घोषणापत्र’ जारी गरेको छ ।
दीगो विपद् व्यवस्थापन, जोखिम न्यूनिकरण र स्थानीय सरकारको सक्रिय भूमिका सुनिश्चित गर्नउक्त सम्मेलन आयोजना गरीएको छ । उक्त सम्मेलनमा जिल्लाका नौवटै स्थानीय तहका प्रमुख उपप्रमुख सरकारी तथा गैरसरकारी संघ–संस्था, सुरक्षाकर्मी, सञ्चारकर्मी, विज्ञ एवम् सरोकारवालाको सहभागिता रहेको थियो।
सम्मेलनले आगामी दिनमा जिल्लामा हुने कुनै पनि प्राकृतिक वा मानवसृजित विपद् जोखिमको सामना गर्न तयारी, योजना र समन्वयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जाहेर गरेको छ। यसअघि भीमदत्त, पुनर्वास, दोधाराचाँदनी र लालझाडीमा आयोजित चार संस्करणका सम्मेलनमा हासिल अनुभव र निष्कर्षलाई आगामी रणनीति निर्माणमा प्रयोग गर्न पाँचौँ सम्मेलन बेलौरीमा आयोजना गरिएको हो ।

 

बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले सम्मेलनलाई ऐतिहासिक तथा जिल्लाका सबै पालिकाबीचको साझा प्रयासको रूपमा वर्णन गर्दै भने, कञ्चनपुर जिल्लामा बाढी, कटानी, डुबान र बन्यजन्तुको जोखिम लगातार बढ्दो अवस्थामा रहेको बताए ।

कार्यक्रममा सरोकारवालाहरूले प्रविधिमैत्री पूर्वसूचना प्रणालीको आवश्यकता र त्यसलाई स्थानीय तहको जनसंख्यामा प्रभावकारी बनाउने उपायमा विशेष जोड दिएका छन्।
जल तथा मौसम विज्ञान विभाग अत्तरियाका प्रमुख सञ्जय शाहले महाकाली नदी, सहायक नदी तथा साना खोला–नालामा पूर्वसूचना प्रणाली विस्तारका लागि आवश्यक सेन्सर जडान, तथ्यांक संकलन र डिजिटल प्रवाहमा भएको प्रगतिका बारेमा जानकारी दिँदै समयमै सूचना उपलब्ध गराउन सकिएमा मानवीय तथा भौतिक क्षति उल्लेखनीय रूपमा न्यूनिकरण गर्न सकिने बताए । उनले यसबाट विकास निर्माण गतिविधिलाई सुरक्षित वातावरणमा सञ्चालन गर्न पनि सहयोग पुग्ने बताए ।
नेपाल समाज कल्याण संघका कार्यकारी निर्देशक अशोक कुमार जैरूले विपद् व्यवस्थापन केवल आपतकालीन प्रतिक्रिया वा राहत वितरणमा सीमित नभएको उल्लेख गर्दै पूर्वतयारी, तथ्यांकको नियमित अद्यावधिक, समुदायको सहभागिता र अभ्याससहितको समग्र संरचनाको परिणाम भएको बताए । स्थानीय तहका अधिकारी र सरोकारवालाबीचको सहयोग र समन्वयले मात्र दीगो र प्रभावकारी विपद् व्यवस्थापन सुनिश्चित गर्न सकिने उनले बताए ।
बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख अशोक पाण्डेयले जिल्लाका सबै नौवटै पालिकाले नीति, नियम, चुनौती र समाधानका उपायमा साझा दृष्टिकोण बनाउँदै आएको जानकारी दिए ।

 

स्थानीय तहबीचको घनिष्ठ समन्वय, नियमित बैठक र साझेदारीको भावना बिना प्रभावकारी कार्यान्वयन सम्भव नभएको उल्लेख गर्दै बेलौरी नगरपालिका भित्र मात्र नभई समग्र जिल्लामा विभिन्न प्रशिक्षण, अभ्यास, पूर्वसूचना प्रणालीको परीक्षण र समुदायसँगको अन्तरक्रियामा निरन्तरता दिन आवश्यक रहेको बताए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले स्थानीय सरकारहरू सक्षम भएको र योजना, कार्यान्वयन र समन्वयमा अझ सक्रिय हुनुपर्ने आवश्यकता रहेको बताए । ‘हामीले केवल आपतकालीन समयमा मात्र प्रतिक्रिया दिन सीमित रहनु हुँदैन, पूर्वतयारी, जोखिम मूल्याङ्कन र स्थानीय समुदायलाई समावेश गरेर दीगो व्यवस्थापन संरचना तयार गर्नु आवश्यक छ,’ उनले भने ‘यसले केवल जीवन र सम्पत्तिको सुरक्षा मात्र होइन, जिल्लामा विकास निर्माण कार्यलाई पनि निरन्तर र सुरक्षित बनाउनेछ ।”
जिल्ला समन्वय समिति अध्यक्ष दुर्गादत्त बोहराले टिप्पणी गर्दै पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयन नहुँदासम्म राहत तथा उद्धारभन्दा पहिला सुरक्षा र जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिएका थिए ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले बाढी, कटानी र डुबानसँगै पछिल्ला दिनमा बन्यजन्तु, विशेषगरी बाघ र हात्तीको जोखिम बढ्दै गएको परिस्थितिमा सरकारले कार्य योजना र सुरक्षा उपायहरू लागू गर्नुपर्नेमा जोड दिए।
“तीनै तहका सरकारबीच समन्वय, समुदाय सहभागिता र पूर्वसूचना प्रणालीको अभ्यास नै दीगो जोखिम न्यूनिकरणको आधार हो र यसबाट मानवीय र भौतिक क्षति कम गर्न सकिन्छ,’ उनले भने ‘त्यतातिर पनि सरोकारवाला सबैले ध्यानदिऊँ।”
गृहमन्त्रालयका उपसचिव रविन्द्र आचार्यले पूर्वसूचना प्रणाली केवल प्राविधिक संरचना मात्र नभई यसलाई समुदाय स्तरसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आवश्यक रहेको बताए ।
कार्यक्रमको अन्त्यमा आगामी छठौँ कञ्चनपुर जिल्ला सम्मेलन बेदकोट नगरपालिकामा आयोजना हुने घोषणा गरिएको छ । बेदकोट नगरका मेयर भोजराज बोहराले साझा प्रयास र समन्वयद्वारा मानव जीवन र भौतिक संरचना सुरक्षित राख्न सकिने बताए ।
पाँचौं कञ्चनपुर सम्मेलन दीगो विपद् व्यवस्थापन, प्रविधिमैत्री पूर्वसूचना प्रणाली, स्थानीय सरकारको सक्रिय सहभागिता, जोखिम न्यूनिकरण र जनचेतना आगामी कार्ययोजनाको मुख्य आधारका रूपमा अघि सार्ने निष्कर्ष निकाल्दै सफलतापूर्वक सम्पन्न भएको हो।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज