Advertisement

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : वेदकोट नगरपालिकाले प्रत्येक वडामा जनचेतना मुलक कार्यक्रम गर्ने

महेन्द्रनगर – हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बेदकोट नगरपालिकाले वडावडामा विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । मंगलबार ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ वेदकोट नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाले ३४औ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारीक कार्यक्रम गरी समुद्धघाटन गरेको हो ।
कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख राधिका पन्तले १६ दिने अभियानको शिलसिलामा पालिकाको १० वटै वडामा सचेतनामुलक कार्यक्रम गरीने कार्यतालिका प्रस्तुत गरेका थिए ।
उनले प्रस्तुत गरेको कार्यतालिका अनुसार मंसिर ११ गते वडा नं. २ को छाउगोठ भएको समुदायमा छाउपढी कुप्रथाकाबारेमा अन्तरक्रिया, मंसिर १२ गते वडा नं. ३को छाउगोठ भएको समुदायमा छाउपढी कुप्रथाकाबारेमा अन्तरक्रिया, मंसिर १३ गते वडा नं. ४को विद्यालय स्तर सचेतनामुलक अन्तरक्रिया, मंसिर १४ गते वडा नं. ५को विद्यालय स्तर सचेतनामुलक अन्तरक्रिया, मंसिर १५ गते वडा नं. ६को विद्यालय स्तर सचेतनामुलक अन्तरक्रिया, मंसिर १६ गते वडा नं. ७को विद्यालय स्तर सचेतनामुलक अन्तरक्रिया, मंसिर १८ गते वडा नं. ८को विद्यालय स्तर सचेतनामुलक अन्तरक्रिया, मंसिर १९ गते वडा नं. ९को विद्यालय स्तर सचेतनामुलक अन्तरक्रिया, मंसिर २० गते वडा नं. १०को सिमुदायस्तरमा सचेतनामुलक अन्तरक्रिया र मंसिर २१ गते वडा नं. १ को छाउगोठ भएको समुदायमा छाउपढी कुप्रथा बारे सचेतना कार्यक्रम गरीने छ ।
उनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा वडावडामा गरीने सचेतना कार्यक्रमको उदेश्य र लक्ष्यको बारेमा उल्लेख गरिन् । महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्ने लगायत कार्यक्रमका मुख्य उदेश्य रहेको उनले बताईन ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रहेका नगर प्रमुख भोजराज बोहराले समाजले एकअर्कालाई एकअर्कालाई विश्वास गर्न आवश्यक रहको भन्दै समाजले सबैलाई समानरुपमा हेर्न नसकेमा हिंसा सधै समाजमा रहिरहने भएकाले औपचारीकरुपमा १६ दिने अभियान चलाएर ३५० दिन हिंसा गर्न नपाईने बताए । उनले बाकिका ३५० दिनमा पनि  स्मरण गर्नुपर्ने उल्लेख गरे । त्यसैगरी लिंगका आधारमा कसैलाई पनि होच्याउन र विभेद गर्न नपाईने बताए । अहिले सामाजिक संञ्जालका कारण घरघरमा हिंसा भईरहेको बताए । सामाजिक संञ्जालबाट हुने हिंसाका कारण कयौ मानिस पिडित भएको र यसलाई न्यूनिकरण गर्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रमको सभापति रहेका उपप्रमुख तुलसी जोशीले नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको बताए । उनले २१ औँ शताब्दीमा समेत महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण महिलाको नेतृत्व स्वीकार हुने वातावरण बन्न नसकेको बताए ।
महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको भएपनि अहिले पनि विभेद कायमै रहेको बताए । लैङ्गिक समानतालाई विकास र समृद्धिका सवालका रूपमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने दावि गरे ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक बोहराले लैङिगक हिँसा विरुद्धको विषयमा कडा कानुनी व्यवस्था भएपनि समुदायमा विभेदका घटनाहरु भईरहने, महिलाहरुले न्यायको लागी गुहार गर्नुपर्ने अवस्था रहेको बताए ।
अहिले पनि हाम्रो समाजमा छोरी जन्मदा दुखी हुने, छोरा जन्मदा हर्षाेल्लास भएर खुसीयाली मनाउने परम्परा कायमै रहेको र विभेद जन्मबाट, पेटबाट नै सुरु भएको डिएसपि बोहराले बताए ।
नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएको हो ।
वि.सं.२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि स्थानीय तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँने गरीएको छ ।
नगर उप प्रमुखको सभातित्वमा सम्पन्न समुद्धघाटन कार्यक्रमको प्रमुख अतिथिमा नगर प्रमुख भोजराज बोहरा रहेका थिए । अतिथिमा सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक शागर बोहरा, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निता भट्टले गरेकी थिईन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज