रेडियो बेलौरीको अध्यक्षमा प्रेस चौतारीका नेता ओझा
महेन्द्रनगर - उदयदेव मिडिया प्रा।ली।द्वारा सञ्चालित रेडियो बेलौरी व्यवस्थापन समितिको अध्यक्षमा प्रेस चौतारी नेपालका नेता दिनेशराज ओझा चयन भएका छन् । कञ्चनपुरको बेलौरीबाट प्रसारण हुँदै आएको उदयदेव मिडिया प्रा।ली ९रेडियो बेलौरी० को विशेष साधारण सभाबाट अध्यक्षमा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश सदस्य समेत रहनुभएका ओझा चयन भएका हुन् ।
ओझा यस अघि विसं २०७५ सालमा पनि रेडियो बेलौरीको सञ्चालन समितिको अध्यक्षमा निर्विरोध चयन भएका थिए । रेडियोलाई समयसापेक्ष परिमार्जित गर्दे श्रोता सामु सूचना सम्प्रेषणका लागि आधुनिक प्रविधिको प्रयोग गरिने अध्यक्ष ओझाले बताए ।
अध्यक्ष ओझाले आगामी दिनमा रेडियो बेलौरीबाट प्रसारण हुने सामाग्री डिजिटल माध्यमबाट पनि हेर्न सकिने गरी व्यवस्थापनको कार्य अगाडी बढाइने बताए ।अध्यक्ष ओझाले शनिबार एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका छन् ।
त्यसै गरी, उदयदेव मिडिया प्रा।ली।...




















