आयुर्वेदिक उपचारमा आकर्षण बढ्यो
पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरु आर्युेवेदिक उपचारमा आकर्षित भएका छन् । बिगत ४ बर्ष देखिे नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि यस प्रति स्थानीय आकर्षित भएका हुन् । महाकाली आयुर्वेद औषधालय महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा स्थानिा भएको नागरिक आरोग्य सेवा केन्द्रमा दैनिक २५ देखि ३० सम्म सेवाग्राही आउने गरेको नागरिक आरोग्य सेवा केन्द्र दोधारा चाँदनीका बैध राजु जोशीले बताए । आयुर्वेदिक औषधीले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको उहाँको भनाई रहेको छ् । आयुर्वेद औषधीले अन्य असर नगर्ने भएकाले यसमा नागरिकको आकर्षण बढ्दै गएको नागरिक आरोग्य सेवा केन्द्र दोधारा चाँदनीका बैध राजु जोशीको भनाई रहेको छ् । गत बिगतका तुलनामा बिरामीहरुको संख्याका साथै पञ्चकर्म लिनेहरुको संख्या समेत बढेर गएको बैध जोशीले बताउनुभएको छ् ।
सरकार...




















