वडाध्यक्ष खत्रीले सुरु गरे जिवन रक्षाको अभियान , सहयोगको लागी सबैमा अपिल
दोधारा । छोराको उपचारमा सहयोग गरिदिन सबैलाई कमला सुनारले अपिल गरेका छन् । बिगत १ वर्ष देखि मृगौलमा समस्या भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ चैते टोल निवासी वर्ष अन्ताजी ३३ का शुरेस सुनारको उपचारमा सहयोग गरिदिन उनका आमा कमला सुनारले अपिल गरेका छन् । आर्थिक अवस्था निकै दैनिय रहेका शुरेस सुनारको मृगौलामा समस्या देखिए संगै मुखबाट रगत बग्न थालेपछि उनका घरपरिवार उपचारमा सहयोगको लागी सबै संग गुहार माग्दै आएका छन् । बिरामीले हिडडुल गर्न नसकेका शुरेसलाई घरपरिवारले सिमावर्ती भारतिय बजारमा रहेका अस्पतालमा उपचार गर्दै आएका हुन् ।
अस्पतालले उपचारमा बढी रकम लाग्ने बताए संगै आर्थिक अवस्था कमजोर रहेकै कारण उपचार गर्न नसकेर घरमै शुरेसलाई राखेको आमा कमला सुनारले बताए । कमलाले घरपरिवारको आर्थिक अवस्थाले उपचार गर्न सम्भव नभएकोले आफ्नो छोराको उपचारको लागी सक्दो आर्थिक सयोग गरिदिनहुन देश तथा विदेशमा...




















