Advertisement

भीमदत्त नगरपालिकामा बाढी प्रभावितहरुलाई आईएमई मार्फत नगद रकम सहयोग

दोधारा । कञ्चनपुरको भीमदत्त नगरपालिकामा बाढीबाट पूर्ण क्षति भएका प्रभावित घर परिवारलाई आईएमई मार्फत नगद सहयोग गरिएको छ् । गत असार २२ गते देखि २४ गते सम्म परेको अविरल वर्षा संगै आएको बाढीबाट प्रभावित भएका भीमदत्त नगरपालिकाका झण्डै १ सय ५० परिवारलाई नगद सहयोग रकम वितरण कार्य सुरु गरिएको हो । भीमदत्त नगरपालिका संगको समन्वय तथा सहकार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाले बाढी प्रभावित घर परिवारलाई बहु–प्रयोजनका लागि आईएमई मार्फत प्रति घरपरिवार रु. १० हजार नगद रकम सहयोग कार्य सुरु गरेको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले भीमदत्त नगरपालिका वडा नम्बर ३, ८, १०, ११, १२, १४, १५, १६ र १७ का १ सय ५० पूर्ण क्षति भएका घरपरिवारलाई घरको मर्मत सम्भार, खाद्य सामग्री खरिद, बालबालिका लागि कपडा तथा शैक्षिक सामग्री खरिद लगाएतका बहु–प्रयोजनामा सहयोग पुर्‍याउने उद्देश्यले नगद सहयोग गरिएको जानकारी दिनुभएको छ् ।

उहाँले बाढी आएको ७२ घण्टा भित्र प्रभावितलाई सहायता प्रदान गरिसक्नु पर्ने भएपनि नगरपालिकाले बाढी पीडितको तथ्यांक उपलब्ध गराउनमा ढिलाई गरेकाले केही बिलम्ब भएको बताउनुभयो । बेलडाँडी गाँउपालिका, दोधारा चाँदनी नगरपालिका र लालझाँडी गाँउपालिकामा राहत वितरण कार्य सम्पन्न भईसकेको उहाँले बताउनुभएको छ् । रेकर्ड ब्रेक गर्ने गरि आएको वर्षापछि महाकाली नदिको बाढीबाट भीमदत्त नगरपालिका भरी झण्डै ४ सय घरपरिवार विस्तापित भएका थिए ।

भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तथा भीमदत्त नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक प्रकाश थापाले असार २४ र २५ गते अविरल वर्षा संगै आएको बाढीबाट पूर्ण क्षति भएका परिवारलाई राहत स्वरुप नगद सहयोग गरिएको बताउनुभयो । उहाँले आंशिक क्षति भएका घरपरिवारलाई समेत सहयोग गर्ने गरि छलफल भईरहेको बताउनु भएको छ् ।

बाढीले पूर्ण क्षति भएका परिवारलाई राहत स्वरुप नगद सहयोग गरेकोमा एनएनएसडब्ल्यूए र डीसीए नेपाललाई उहाँले धन्यबाद दिएका छन् ।

एनएनएसडब्ल्यूएले प्रदान गरेको नगद रु. १० हजारले घरको मर्मत सम्भार, खाद्य सामग्री खरिद, बालबालिका लागि कपडा तथा शैक्षिक सामग्री खरिद लगाएतका कार्यमा ठूलो राहत मिल्ने बाढीपिडितहरु बताएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज