Advertisement

बडुवाल टोलमा फेरि हात्ती पस्यो, जंगली हात्तीको त्रासले रातभरी जाग्रम

पप्पु गुरुङ्ग, दोधारा । भारतिय जंगलबाट आएको हात्तीले नेपाली बस्तीका किसानहरुले लगाएको खेतीवाली नष्ट गर्न थालेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडुवाल टोल संग जोडिएको भारतिय जंगलबाट भित्रिएको हात्तीको बथानले किसानहरुको यस वर्ष फेरि धान तथा मकैवाली नष्ट गर्न थालेको छ् । बिगतका दिनहरुमा अन्नवाली नष्ट गर्नुको साथै घर भत्काउदै आएको हात्तीको बथान फेरि बडुवाल टोल बस्तीमा पसेर स्थानियबासीहरुको धान तथा मकैवाली नष्ट गर्न थालेको स्थानियबासी कृष्ण सिंह भाटले जानकारी दिनुभएको छ् । हात्तीको त्रासको कारण सुत्न समेत नपाएको उहाँले बताउनुभएको छ् । मध्यरातमा बस्ती भित्रिने हात्तीले मानिसमा आक्रमण गर्ने डरले हात्ती धपाउन भाडा बजाउने आगोको धुनी बाल्ने, पटाका पट्काउने गर्दै आएको कृष्ण सिंह भाटले बताउनुभएको छ् ।

किसानहरुले लगाएको धान, मकै तथा चरि वाली खाएर, उद्यनेर नष्ट गरेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले बताउनुभएको छ् । हात्तीको आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेका वडा सदस्य राना क्षेत्रीको भनाई छ् । हात्तीको बथान आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको स्थानियहरु बताउछन् ।

बिगत १०/१२ वर्ष देखि बडुवाल टोलमा जंगली हात्तीले ठूलो धनमालको क्षती गर्दै आएको भएपनी नेपाल सरकारले वन्यजन्तुबाट हुने क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीको आरोप छ् । जोगबुडा नदी पारी तथा नेपाल–भारत सिमा क्षेत्र संग जोडिएको बडुवाल टोलमा तिन सय घरपरिवारको बसोबास गर्छन् ।

एकरातमा दर्जनौ जंगली हात्तीको बथानले अन्नवाली संग घर भत्काउदै आएपछि बस्तीका अधिकांश स्थानियहरु दैनिकी चलाउन भारतको कालापहाडमा ज्यालामजुरी गर्न बाध्य भएका छन् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज