Advertisement

दोधारा चाँदनीको दुई वटा वडामा जलवायु परिवर्तन उत्थानशिल परियोजना संचालन हुने

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीको दुई वटा वडामा समुदायको लागी जलवायु परिवर्तन उत्थानशिल परियोजना संचालन हुने भएको छ् । निड्स नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ र १० वडामा समुदायको लागी जलवायु परिवर्तन उत्थानशिल तेस्रो परियोजना संचालन गर्न एक कार्यक्रमको बिच जानकारी गराएको छ् । यस अघि निड्स नेपालले जलवायु परिवर्तन उत्थानशिल पहिलो र दोस्रो परियोजना दोधारा चाँदनी नगरपालिका क्षेत्रमा संचालन गरिसकेको छ् । दोधारा चाँदनी नगरपालिकाको सभा कक्षमा परियोजनाको बारेमा जानकारी गराईएको छ् । सन २०२४ देखि सन २७ सम्म परियोजना संचालन हुने निड्स नेपालको समुदायको लागी जलवायु परिवर्तन उत्थानशिल तेस्रो परियोजनाका कार्यक्रम संयोजक नविन भण्डारीले जानकारी दिनुभएको छ् । परियोजनाले दोधारा चाँदनीको वडा नं. ३ र १० मा बाढी र तातो मौसमी हावाको क्षेत्रमा काम गर्ने निड्स नेपालको समुदायको लागी जलवायु परिवर्तन उत्थानशिल तेस्रो परियोजनाका कार्यक्रम संयोजक नविन भण्डारीले बताउनुभएको छ् ।

परियोजनाले गर्न खोजेको काम र उद्धेश्यको बारेमा दोधारा चाँदनी नगरपालिका कार्यालयका शाखा प्रमुख, जनप्रतिनिधीहरुलाई जानकारी गराईएको परियोजनाका कार्यक्रम संयोजक नविन भण्डारीले बताउनुभएको छ् । जलवायु परिवर्तन विश्वव्यापी रुपमा देखापरेको गम्भीर समस्या, नेपाल जलवायु परिवर्तनको असर, समुदायमा जीविकोपार्जन प्राकृतिक असरको बारेमा कार्यक्रममा जानकारी गराईएको छ् । कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले निड्स नेपालले संचालन गर्न थालेको समुदायको लागी जलवायु परिवर्तन उत्थानशिल तेस्रो परियोजनाको स्वागत गर्नुभएको छ् ।

संघ–संस्थाहरुले काम गर्दा स्थानिय सरकार र स्थानियबासीहरु आवश्यकता र सल्लाहले काम गर्दा कार्यक्रमको प्रभावकारीता र महत्व रहने बताउनुभएको छ् । सो ढंगले निड्स नेपालले समुदायमा काम गरेको पाईएको नगरप्रमुख लिम्बुले बताउनुभएको छ् । परियोजना अत्यन्तै महत्वपुर्ण, अत्यन्तै आवश्यकताजनक रहेको बताउदै नगरप्रमुख लिम्बुले अझै सम्म कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाहरुले मौसमी हावाको बारेमा कुनै प्रकारको कार्यक्रम संचालन नगरेको बताउनुभएको छ् ।

दोधारा चाँदनी नगर क्षेत्रमा वन्यजन्तु र मानव बिच हुदै आएको द्धन्द्ध सम्बन्धी बिशेष प्रकारको कार्यक्रम संचालन गर्न नगर प्रमुख किशोर कुमार लिम्बुले संघ–संस्थाहरुलाई अनुरोध समेत गर्नुभएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज