एमालेले आज काठमाडौंमा जनसभा गर्दै
काठमाडौं- नेकपा एमालेले प्रतिगामी षडयन्त्रका विरुद्ध सुरु गरेको जनपरिचलान कार्यक्रम अन्तरगत आज काठमाडौंमा जनसभाको आयोजना गरेको छ ।
भदौ २३ र २४ गतेको विध्वंसपछि असंवैधानिक रुपमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभाको विघटन गरिएको विरोधमा एमालेले कात्तिक २२ गते देखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ । एमालेले प्रतिनिधिसभाको पुनस्र्थापनालाई मुख्य माग राखेर आजको जनसभा आयोजना गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
गौतमका पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटी मण्डपमा हुनेछ । एमालेका नेता,कार्यकर्ता,जनसंगठन,सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ । प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने गौतमले बताउनुभयो । जनसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।
...




















