एमालेको ११ औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक
काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आतंक र त्रासकाे जगमा बनेकाे बताउनुभएकाे छ ।
एमालेको महाधिवेशनका लागि गठन गरिएको प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ११ औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले वर्तमान सरकार आतङ्क र त्रासको जगमा संविधान विपरीत बनेको बताउनुभयो । सरकारका नाममा सिंहदरबारमा एक प्रकारको बुख्याचा प्रवेश गराइएको ओलीले टिप्पणी गर्नुभयो।
जनताद्वारा निर्वाचितहरू सरकार बाहिर र अनिर्वाचितहरू सिंहदरबारमा बस्ने अवस्था लोकतन्त्र र संविधान विपरीत हुने उहाँकाे धारणा छ। उहाँले वर्तमान सरकार संविधान विपरीत रहेको र विघटित संसद् पुनःस्थापित हुनुपर्ने प्रश्न स्वाभाविक रूपमा उठिरहेको बताउनुभयो।
यो सत्यलाई निर्भयतापूर्वक उठाउन सक्ने राजनीतिक शक्ति एमाले मात्रै भएको ओलीले दाबी गर्नुभयो । ओलीले संविधा...




















