Advertisement

शिक्षा

कञ्चनपुरमा एचपिभी खोप अभियान जानकी कन्या माविबाट शुरु

कञ्चनपुरमा एचपिभी खोप अभियान जानकी कन्या माविबाट शुरु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पनि पाठेघरको मुखको क्याम्पसबाट बाच्नका लागि मंगलबारदेखि एचपिभी खोप अभियान शुरु भएको छ । मंगलबार कञ्चनपुर जिल्लामा जानकी कन्या मावि विद्यालयबाट अभियानको शुभारम्भ गरिएको हो । जिल्ला समन्वय प्रमुख दुर्गादत्त जोशीको सभापतित्व तथा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अभियानको औपचारीकरुपमा सुभारम्भ गरीएको छ । कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशभर पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान शुरु भएको छ ।   कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापाकोटाले पाठेघरको क्यान्सरबाट बच्नको लागि सबै लक्षीत महिलाले लगाउन आवश्य रहेको बताउनुभयो । बार्षिकरुपमा महिलाहरुले पाठेघरको क्यान्सरबाट मृत्युबरण गरीरहको बताउदै प्रमुख जिल्ला अधिकारी सापकोटाले कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत विद्यार्थी र अन्य विद्यालय बाहिर...
भूमी आयोग कञ्चनपुरका नव नियुक्त अध्यक्ष पन्तद्धारा पदभार ग्रहण

भूमी आयोग कञ्चनपुरका नव नियुक्त अध्यक्ष पन्तद्धारा पदभार ग्रहण

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–भूमि आयोग कञ्चनपुरका नव नियुक्त अध्यक्ष नेत्र प्रकाश पन्तले पदभार ग्रहण गरेका छन् ।   आज(सोमबार) अध्यक्ष पन्तले औपचारीक कार्यक्रमका विच पदभार ग्रहण गरेका हुन् । पन्तलाई केही दिन अघि सरकारले आयोग अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष पन्तले भूमि सम्बन्धी अधुरा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।   पदभार ग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा, एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट, युवासंघका पुर्व अध्यक्ष बचन सिह, एमाले नेता रविन्द्र कुँवर, कल्पना चौधरी, बेलौरीका उपप्रमुख जोगराम चौधरी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेर सिंह धामीलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधी सहितको सहभागिता रहेको थियो ।  ...
औषधि खरिद अनियमिताबारे अध्यक्ष साउदले भने ‘मेरो संलग्नता छैन्, छानबिनका लागि अनुरोध गर्छु’

औषधि खरिद अनियमिताबारे अध्यक्ष साउदले भने ‘मेरो संलग्नता छैन्, छानबिनका लागि अनुरोध गर्छु’

Breaking News 1, अर्थ, ट्रेन्डिङ, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती माविमा औषधि खरिदमा अनियमिताको आरोपबारे वडाध्यक्ष अर्जुन सिंह साउदले आफ्नो ध्यानार्कषण भएको जनाएका छन् । उनले सरस्वती माविमा औषधि खरिदमा अनिमिताको आरोपबारे प्रकाशित समाचारको खण्डन गदैँ उक्त घटनामा आफ्नो संलग्नता नरहेको दावि गरेका छन् । सरस्वती माविमा सिटिईभिटी अन्र्तगत तीन लाखको औषधी खरिद गर्दा अनियमिता भएको विद्यालयकै शिक्षकहरुले आरोप लगाएका छन् । सोही आरोपबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका साउदले समाचारको खण्डन गदैँ मिलोमतोमा अनिमिता भएको शिक्षक र स्थानीयको आरोपबारे गम्भीर ध्यान आकर्षण भएको बताएका छन् । ‘घटनामा विद्यालय व्यवस्थापन समितिको कुनै पनि किसिमको सहभागिता तथा संलग्नता नरहेको प्रष्ट पार्दछौँ ।’ उनले भने ‘उक्त विषयको सम्बन्धित निकायबाट आवश्य...
निजामती कर्मचारी संगठनको जिल्ला अध्यक्षमा चन्द दोहोरीए

निजामती कर्मचारी संगठनको जिल्ला अध्यक्षमा चन्द दोहोरीए

अर्थ, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर– नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरको अध्यक्षमा मान बहादुर चन्द पुनः सर्वम्मत चयन भएका छन् । लालझाडी गाउँपालिकास्थित शंकरपुर स्वास्थ्य चौकीमा शनिनबार सम्पन्न १२ औं अधिवेशनबाट तीन वर्ष कार्यकालका लागि चन्द अध्यक्षमा चयन गरिएका हुन् ।     समितिको उपाध्यक्ष कमला जोशी र दिनेश राज भट्ट चयन गरिएका छन् । समितिको सचिवमा लाल बहादुर बिष्ट र सह सचिव लोकराज पन्त चयन भएका छन् । उपाध्यक्ष भट्ट र सचिव विष्ट पनि समितिमा दोहोरिएका हुन् ।     समितिमा पुनम कुमारी राना,राजु दाहाल,नरेन्द्र चन्द ,दिपेन्द्र कुमार वड,महेश खत्री,सुरेश पन्त ,जय बहादुर कुवर,गोपाल भट्ट,राजेन्द्र खडायत , ,तुलसी बोगटी,झुस राम सार्की,खगेन्द्र भण्डारी सदस्य चयन भएका छन् ।     एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले अधिवेशन उद्घाटन गरेका थिए । कार्यक्रममा एमा...
सुदूरपश्चिमकै पहिलो महिला सवारी चालक सम्मानित

सुदूरपश्चिमकै पहिलो महिला सवारी चालक सम्मानित

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिमकी पहिलो महिला सवारी चालक रविना चन्दलाई सम्मान गरिएको छ । महेन्द्रनगर बसपार्कमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल यातायात मजदुर संघ कञ्चनपुरले सुदूरपश्चिमकै प्रथम सार्वजनिक सवारी चालक रविना चन्दलाई सम्मान गरेको हो ।     नेपाल यातायात मजदुर संघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द जोशीको सभापतित्व एवं नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष डम्बरराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिममै एक मात्र सार्वजनिक सवारी चालक चन्दलाई प्रमाण पत्र सहित खादामाला र अविर टिका लगाएर सम्मान गरएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष डम्बरराज पन्तले रविनालाई दिका र खादा लगाएर सम्मान पत्र प्रदान हस्तान्तरण गरेका थिए । उपाध्यक्ष पन्तले सुदूरपश्चिममा सार्वजनिक यातायातका सवारी चालक एक प्रतिशत रहेकोमा बि क्याटेगोरीको...
लिटिल बुद्ध एकेडेमीमा एलबीए फेस्ट, विभिन्न विधामा विद्यार्थीहरुविच प्रतिस्पर्धा

लिटिल बुद्ध एकेडेमीमा एलबीए फेस्ट, विभिन्न विधामा विद्यार्थीहरुविच प्रतिस्पर्धा

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–लिटिल बुद्ध एकेडेमीमा एलीबीए फेस्ट २०८१ आयोजना गरिएको छ । विद्यालयले बर्सेनी आयोजना गर्दै आएको फेस्ट अन्र्तगत विज्ञान प्रदर्शनी, कला तथा शिल्प, खाद्य महोत्सव र साँस्कृतिक कार्यक्रम गरिएका छन् ।     फेस्ट अन्र्तगत विज्ञान प्रर्दशनी र कला तथा शिल्पमा विद्यार्थी प्रतिस्पर्धा गरिएको छ । आधारभूतदेखि माध्यमिक तहसम्मका सबै विद्यार्थीले प्रतिस्पर्धामा भाग लिए । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले फेस्ट उद्घाटन गरे । नगर प्रमुख बोगटीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम गरियो । कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा. टेकराज पन्त र मझगाउँस्थित रुद्रध्वज गणका गणपति दिपक खड्का विशिष्ठ अतिथि थिए । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र सिह खत्रीले कार्यक्रमको अध्यक्षता गरे । विद्यालयमा अध्ययनरत सबै अढाई हजार बढी सबै विद्यार्थी फेस्ट...
महाकाली बहुप्राविधिक शिक्षालय नमुना टिभेट कार्यक्रममा छनौट

महाकाली बहुप्राविधिक शिक्षालय नमुना टिभेट कार्यक्रममा छनौट

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–महाकाली बहुप्राविधिक शिक्षालय नमुना टिभेट शिक्षण संस्था विकासका लागि सहयोग कार्यक्रममा छनौट भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं।४ मा रहेको महाकाली बहुप्राविधिक शिक्षालय सुदूरपश्चिम प्रदेशबाट नमुना टिभेट कार्यक्रमका लागि छनौट भएको हो । टिभेट कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशबाट ३२ सस्थाको प्रस्तावना पेश भएकोमा महाकाली बहुप्राविधिक शिक्षालय मात्र छनौट हुन सफल भएको हो । शिक्षालयले प्रयोगमा ल्याएको प्रविधि, भौतिक पूर्वाधार, विद्यार्थीको भर्नादर, उत्तिर्ण दर लगायतका मापदण्डको मूल्यांकनका आधारमा महाकाली बहुप्राविधिक शिक्षालय टिभेट कार्यक्रमका लागि छनौट भएको शिक्षालयका निर्देशक प्रमल साउदले बताउनुभयो । शिक्षालय सुधार योजनना कार्यान्वयनका लागि सहयोग छनौट भएका टिभेट शिक्षण् संस्थाहरुका लागि आईसीटी सामाग्री व्यवस्थापन र नमूना टिभेट संस्था विकास कालागि छनौट कार्यक्रम कार्यान्व...
त्रिशुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर निर्माण गर्न चन्दा संकलन गरिदै, सबैमा सहयोग गर्न आग्रह

त्रिशुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर निर्माण गर्न चन्दा संकलन गरिदै, सबैमा सहयोग गर्न आग्रह

Breaking News 2, अर्थ, ट्रेन्डिङ, विचार, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्ला र डडेल्धुरा जिल्लाको सिमानामा पर्ने धार्मिक पर्यटनको व्यापक सम्भावना रहेको ठाँउ त्रिशुले खानमा त्रिसुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर निर्माणका लागि स्थानीय चन्दा संकलनमा जुटेका छन् । त्रिसुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर निर्माणका लागि परशुराम नगरपालिका वडा नंम्बर ९ले ५० हजार छुट्याएता पनि मन्दिर निर्माणका लागि उक्त रकम अपुग हुने भन्दै त्रिशुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर व्यवस्थापन समितिले चन्दा संकलन गरिरहेको हो । धार्मिक पर्यटन प्रबध्रनका लागि मन्दिर निर्माण गर्न आवश्यक रहेकाले मन्दिर निर्माणका लागि चन्दा संकलन गरिरहेको त्रिशुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धन सिंह ठगुन्नाले बताउनुभयो । यज्ञशाला र मन्दिर निर्माण गर्न झण्डै ६÷७ लाख रुपयाँभन्दा बढि लागत लाग्ने भएकाले हिन्दुधर्मप्रति आस्थावानसंग श्रद्धा र शक्...
कैलालीमा अफ्रिकन स्वाईन फिभर फैलीयो, पशुलाई संक्रमबाट जोगाउन कृषकलाई भेटेरीनरी अस्पतालको आग्रह

कैलालीमा अफ्रिकन स्वाईन फिभर फैलीयो, पशुलाई संक्रमबाट जोगाउन कृषकलाई भेटेरीनरी अस्पतालको आग्रह

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–कैलाली जिल्लामा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण हुन थालेपछि कञ्चनपुर जिल्लामा पनि किषानहरुलाई सतकर्ता अपनाउन आग्रह गरिएको छ । भेटेरीनरी अस्पताला तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले एक सूचना जारी गर्दै कैलाली जिल्लाको विभिन्न स्थानमा अफ्रिकन स्वाईन फिभर रोगको संक्रमण देखिएकाले किषानहरुलाई सतर्कता अपनाउन आग्रह गरीएको छ । भेटेरीनरी अस्पताला तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख श्याम सिंह खड्काले छिमेकी जिल्ला कैलालीको विभिन्न स्थानमा अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भईरहेकोले कञ्चनपुर जिल्लामा पनि किषानहरुलाई आग्रह गरिएको बताउनु भयो । यो रोग लागेपछि संक्रमित बंगुरको शतप्रतिशत मृत्यू हुने भेटेरीनरी अस्पताला तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख खड्काले बताउनुभयो । उनका अनुसार बंगुरमा यो रोग पुष्टि भएपछि उपचारका लागि औषधी पत्ता नलागेकोले रोग नियन्त्रणका लािग ...
ईसिजी गर्नुपर्ने विरामीलाई खोप लगाई दिएपछि विरामीको मृत्यू

ईसिजी गर्नुपर्ने विरामीलाई खोप लगाई दिएपछि विरामीको मृत्यू

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, विचार, शिक्षा, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर– महाकाली प्रादेशिक अस्पतालमा ईसिजि गर्नुपर्ने विरामीलाई खोप लगाई दिएपछि विरामीको मृत्यू भएको छ । बुधबार साढे ११ बजे कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर २ का अन्दाजी ६५ बर्षिय जग्गु भण्डारीलाई ईसिजी गर्न अस्पताल लगेकोमा ईसिजी नगरी त्यहाका स्वास्थ्यकर्मीले खोप लगाएपछि मृत्यू भएको हो । बुधबार डाक्टरको सिफारिसमा ईसिजि गर्न ईसिजि कक्षमा पुगेका मृतक जग्गुलाई स्वास्थ्यकर्मीले ईसिजि गर्नुभन्दा पहिला रेविजको खोप लगाएको मृतककी बुहारी बिनिता भण्डारीले जानकारी दिइन । ‘ईसिजि गर्न ससुरा बालाई ईसिजि गर्ने ठाँउमा लिएकी थिए, त्यहा भीडभाड थियो, उहाँको पाखुरामा स्वास्थ्यकर्मीले खोप लगाउनको लागि कपडा माथि गर्न भन्नु भयो र मैले माथि गरिदिएपछि दुई खोप लगाउनु भयो’, मृतककी बुहारी बिनिताले भन्नु भयो ‘खोप लगाएको १०÷१५ मिनेटमा ससुरा बुवाले परानी छोड्नुभयो ।’ मृतक जग्गु भण्डारीले अघिल्लो दिन ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज