Advertisement

सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन हुँदै, विभिन्न १३ देशका एक सय ६८ अनुसन्धानकर्ताले शोधपत्र प्रजेन्टेसन गर्ने

महेन्द्रनगर–आजदेखि सुदूरपश्चिम विश्वविद्यालयले दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको छ । आज आईआईटी इन्डीयाको सहयोगमा सुदूरपश्चिम विश्वविद्यालयले शुक्रबारदेखि हेरीटेज, ईन्नोभेसन एण्ड ट्रान्सईन्र्फमेसन(सभ्यता, नविनतम विकास र स्थानान्तरण) विषयमा अन्र्तराष्ट्रिय स्तरको दोस्रो सम्मेलनको आयोजना गर्न लागेको हो । विश्वविद्यालयले विहिबार ६ बजे पत्रकारसम्मेल गरी शुक्रबारदेखि आईतबारसम्म चल्ने सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको छ ।

शिक्षा, सम्यता, कला र संस्कृति लगायतका समसायिक विषयमा विश्वव्यापी रुपमा चलिरहेको अवस्था बारे एक आपसमा ज्ञानको आदानाप्रदान गर्ने उदेश्य लिएर सम्मेलनको आयोजना गरिएको सम्मेलन आयोजनक समिति संयोजक विश्वविद्यालयका ईन्जिनियरिङ्ग संकायका डिन एवं प्राडा किसनदत्त भट्टले बताउनुभयो । ‘विश्वभरीको नेटवर्क विस्तार गर्न खोजिएको छ, ‘उनले भने, ‘सम्मेलनमा उठान हुने विषयले एक आपसमा ज्ञान आदान प्रदानले हामीलाई पनि नयाँ सिकाई हुनेछ ।’

सम्मेलनमा १३ देशका विभिन्न प्राज्ञिक क्षेत्रका एक सय ६८ अनुसन्धानकर्ताले आ–आफ्ना ज्ञान अनुभव आदान प्रदान गर्न विभिन्न ८ बिधामा पेपर(शोधपत्र) प्रजेन्टेसन गर्ने सम्मेलनका संयोजक प्राडा भट्टले बताउनुभयो । सोसाईटि, कल्चर र हेराईटि सम्बन्धी, साईन्स टेक्नोलोजी एण्ड ईन्जिनियरीङ्ग, एग्रीकल्चर फोरेष्टी तथा नेचुरल रीसोर्स म्यानेजमेन्ट, हेल्थ पपुलेसन माईग्रेसन एण्ड डेभलोपमेन्ट, पोलिसि प्लानिङ्ग एण्ड गभरमेन्ट, एजुकेसन एण्ड पेडागोजी, ईनभाईरोमेन्ट एकोलोजी एण्ड क्लामेट चेन्ज र ईन्टरपेनरशिप विजनेस एण्ड इकोनोमी सम्बन्धी कि थिममा आधारीत भएर एक सय ६८ शोधपत्र प्रस्तुतिकरण रहेको उहाँले बताउनुभयो ।

 

उहाँका अनुसार सम्मेलनमा नेपाल, भारत, कोरिया, जापान, चाईना, युएसए, स्पेन, सुजरल्याण्ड, ईटाली, रोमानिया, क्यानडा, युके र कोलम्बियाका टेक्नोलोजिष्ट, रिसर्चर, प्रोफेसर्स, एकेडेमिसियन्स, पप्लीक रिप्लिेजेन्टिस, पोलिसी मेकर र स्टुडेन्स्हरुको सहभागिता रहनेछ ।
कार्यक्तमका सह संयोजक शिक्षा संकायका उप प्राध्यापक डा. यज्ञराज पाण्डेयले विभिन्न ८ समुह बनाएर तीन हलमा संगसंगै विज्ञहरुबाट कार्यपत्र प्रंस्तुत हुने बताए । उनले विश्वभरीका विज्ञबाट हुने कार्यपत्र प्रंस्तुतीकरणमा सुपका विद्यार्थी, प्राध्याकहरुलाई समेत भावि दिनमा नयाँ विषयमा आईडिया आउने जानकारी दिनुभयो । शिक्षा संकायका डीन प्राडा भवानी चलाउनेले पहिलो अन्र्तराष्ट्रिय सम्मेलनबाट आर्जन गरेका ज्ञान व्यवहारिक रुपमा कार्यान्वयन भएको बताउनुभयो । ‘हामीले उतिबेला गरेको सम्मेलन अहिले केही हामीले अभ्यासमा ल्याएका छौँ, ‘उनले भने, ‘सुप प्रदेश सरकारले हाम्रो योजना लागु गरेर विद्यार्थीलाई छात्रबृति दिएको छ ।’

 

अन्तराष्ट्रिय सम्मेलनले रिसर्च प्रजेन्टेसन, विश्वविद्यालयको नेटवर्क जोड्ने, विश्वव्यापीरुपमा आएका नयाँ आयामहरुको बारेमा छलफल गर्न, पोलिसि रिकन्टेसन(नीतिनिर्माण पुनरावलोकन) बारे छलफल, प्राध्यापकहरुको क्षमता विकास गर्न, संस्कृति आदानप्रदान गर्न तथा पब्लीकेसन र नयाँ कुराको विकास गर्न सहयोग पुग्ने सुप विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका उपप्राध्यापक डा. दिपकप्रकास भट्टले बताउनुभयो ।
अन्र्तराष्ट्रिय स्तरको सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालयले यस अघि सन ०२२ मा पहिलो अन्र्तराष्ट्रिय सम्मेलन गरेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज