नयाँ खबर
महेन्द्रनगर -भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको ५५ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । बिहीबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रिको सभापतित्व तथा भीमदत्त नगरपालिकाका नगर उप – प्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्यतामा ५५ औं बार्षिकोत्सव सम्पन्न भएको हो ।

बार्षिकोत्सव कार्यक्रममा विद्यालयका पूर्व शिक्षक मदन सिंह धामी, हर्क बहादुर धामी र जयराज जोशीलाई सम्मान तथा सम्मान पत्र प्रदान गरिएको छ । उहाँहरुलाई टिका माला र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

बार्षिकोत्सव कार्यक्रममा जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका ५ जना विद्यार्थीलाई विद्यालयले ८सयको दरले छात्रवृति प्रदान गरेको छ । विद्यालयमा विभिन्न व्यक्तित्वले स्थापना गरेको ६ वटा कोषबाट ६जना विद्यार्थीले छात्रवृति प्राप्त गरेका छन् ।

कार्यक्रममा कक्षा १देखि १२ सम्म कक्षामा प्रथम द्वितीय र तिर्तिय स्थान प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यसै गरी विशिष्ठ अतिथिमा प्रधानाध्यापक केशर सिंह महरा, पूर्व शिक्षक जानकी बाेहरा, व्यवस्थापन समिति सदस्य डम्बर खड्का, बसन्ती बादी रहनु भएको थियो ।
विद्यालयका वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक केशर सिंह महराले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका निलम लेखकले विद्यालयको विकासको लागि जे गर्नुपर्छ बसेर छलफल गर्ने बताउनु भयो ।
विदेशमा सरकारी विद्यालयमा पढ्न प्रवेश परीक्षा लिने गरेको अवस्था उल्लेख गर्दै यहाका सरकारी विद्यालयमा पनि त्यस्तै वातावरण सिर्जना गर्नुपर्ने समाजसेवी तथा महेन्द्रनगर माविका अध्यक्ष कृष्णदत्त जोशी( बोक्सार)ले बताउनुभयो । उनले ज्ञान, नैतिकता, राम्रो व्यवहार भएको व्यक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो ।

पुर्व शिक्षक देविदत्त भट्टले विद्यालयमा धेरै अभाव रहेको भन्दै २०३५ सालको इतिहास कोट्याउनु भयो । एउटा कटेरो मा रहेको विद्यालय सबै शिक्षक हरुले मिलेर जादा राम्रो हुने उहाले सल्लाह दिनुभयो ।
लक्ष्मी माविका प्रअ परमानन्द नाथले विद्यार्थीलाई प्रविधिको फाइदा उठाउन सल्लाह दिँदै दुरुपयोग नगर्न सुझाव दिनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष जीत बहादुर चौधरी, लक्ष्मीदत्त बाेहरा, होम बहादुर कुँवर, वीर बहादुर महरा, पूर्व प्रअ वीरेन्द्र सिंह भण्डारी, पूर्व शिक्षक खडक बहादुर ऐरी, लक्ष्मी खरेल, रुक्मणी भट्ट र पञ्चा कन्या माविका अध्यक्ष महेश पन्त अतिथि रहनुभएको थियो । त्यसैगरी समाजसेवी चन्द्रकान्त भट्ट, महेन्द्र नमूना विद्यालयका अध्यक्ष वीरेन्द्र राज विष्ट पनि अतिथि रहनुभएको थियो ।

कार्यक्रममा शिक्षिका विमला भट्टको संयोजकत्वमा विद्यार्थीहरुले विभिन्न प्रकारका नृत्य प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य शिक्षक कृष्ण साउदले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन शिक्षक हरि प्रसाद जोशीले गर्नुभएको थियो ।
स्थानियको प्राथमिक शिक्षा लाई ध्यानमा राखी २०२३ साल मा स्थापना भएको थियो । पदम प्रविका प्रअ धर्मानन्द भट्ट भएका थिए ।

पदम प्राथमिक विद्यालय । २०२६ साल असोज १६ गतेबाट भृकुटी माविको औपचारिक रुपमा सुरुवात भएको हो । २०६० मा माविको पढाइ सुरु भएको हो । २०७५मा प्राविधिक ३ बर्से इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रमबट सुरु भएको थियो ।
विद्यालयले विद्यार्थीहरुलाई विभिन्न विधामा छात्रवृति वितरण गर्दै आइरहेको छ ।

साधारणतर्फ ४ सय ६२ जना र प्राविधिक धारतर्फ १ सय ५२ जना गरी ६ सय १४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
कार्यक्रममा शिक्षक, अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी, पिटिए कार्य समिति, अन्य छिमेकी विद्यालयका शिक्षक तथा व्यवस्थापन समिति अध्यक्ष, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार र विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।