Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई तालिम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम दिईएको छ । शिक्षा विकास निर्देशनालय दिपायल, डोटीले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघसंगको सहकार्यमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न तालिम दिईएको हो । शुक्रबार र शनिबार गरी दुई दिन महेन्द्रनगरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम दिएको महासघले जनाएको छ ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय दिपायल डोटीका महानिर्देशक दुर्गादत्त विष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि गरिएको कार्यक्रमबाट सिकेका विषयबस्तु व्यवहारिक जिवनमा प्रयोग गर्न आग्रह गरेका छन । ‘सार्वजनिक शिक्षा सुधारका लागि विद्यालय व्यवस्थापन समितिको पनि महत्वपूर्ण भूमिका हुन्छ, ‘महानिर्देशक विष्टले भने, ‘सामुदायिक विद्यालयको बृद्धि विकासका लागि सरकारको मात्रै नभई समुदायका अध्यक्ष ज्यूहरुको पनि भूमिका प्रभावकारी हुन्छ ।’ महानिर्देशक विष्टले महासंघबाट शिक्षा निर्देशनालयलाई आएको आग्रह अनुरुप कार्यक्रमम संचालन गरिएको बताए ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय अध्यक्ष गुणराज मुक्तानले सार्वजनिक विद्यालयको बृद्धि विकासका लागि अध्यक्षहरुलाई शिक्षा अपरिहार्य रहेको बताए । उनले प्रदेशभरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसंग सरोकारवालाहरुलाई अन्तरकृया गराएर थप बृद्धि विकासमा जोडदिए । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रेमसिह भाटले तालिममा सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयन गरेसंगै सामुदायिक विद्यालयको उन्नतीमा टेवा पुग्ने बताए । पहिलो पटक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको एकै पटक अन्तरकृया, प्रशिक्षण तालिम संचालन भएपछि समितिका अध्यक्षहरुले समेत कार्यक्रम प्रभावकारी भएको बताएका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

महेन्द्रनगर - भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार कार्यपालिका बैठकबाट निर्णय गरी विभिन्...
पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर...
विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचा...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष ...
डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएक...
सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

महेन्द्रनगर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले मंगलबार सुदूरपश्चिम विश्वविद्यालको अवलोकन भ्रमण गरेका छन् । बुध...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज