जलबायु प्रबिधिमा आधारीत कुखुरा पालन फर्म निर्माण हुदै, मासुजन्य पदार्थको उत्पादन र गुणस्तरमा बृद्धि हुने अपेक्षा
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा जलबायु प्रविधिमा आधारीत कुखुरा पालन फमको निर्माण भईरहेको छ । सदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२मा विनियोजन गरेको बजेट मार्फत पचास प्रतिशत अनुदानमा कञ्चनपुर जिल्लाको विभिन्न ठाउँमा गरी जलबायु प्रविधिमा आधारीत ६ वटा कुखुरा पालन फर्मको निर्माण भईरहेको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द कञ्चनपुरमार्फत उक्त बजेट कार्यान्वयन भईरहेको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर कार्यालयका प्रमुख श्याम सिंह खड्काका अनुसार भीमदत्त नगरपालिकाको वडा नं। ५ १० र ११, बेलौरी नगरपालिकाको वडा नं १०, कृष्णपुर नगरपालिकाको वडा नं ९ र बेदकोट नगरपालिकामा गरी जिल्लाको ६ ठाउँमा जलवायु प्रविधिमा आधारीत कुखुरा फार्म निर्माण भईरहेको छ । भीमदत्त नगरपालिका वडा नं। ११ भुजेलामा किशोर विष्टको विष्ट पोल्ट्री फार्म, भीमदत्त नगरपालिका वडा नं...




















