लिपना र नाउँलामा खानेपानीको चरम समस्या
महेन्द्रनगर–डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नंम्बर ९ नाउला गाउँमा खानेपानीको समस्या भएको छ । नगरपालिकाको सुगम वडा पर्ने वडा नंम्बर ९ कञ्चनपुर जिल्लासंग सिमाना जोडिएको वडा हो । जहाँका स्थानीय खानेपानी समस्याबाट आजित छन् । यो गाउँमा बर्षको तिन महिनाजति खानेपानीको चरम समस्या हुदै आएको स्थानीय सुनिता बोहराले जानकारी दिनुभयो । झण्डै ३० परिवारको बसोवास रहेको यो गाउँ कच्चि सडक सञ्जालमा जोडिएको झण्डै ३० बर्षभन्दा बढि भएता पनि यो गाउँमा विद्युतको पनि समस्या रहेको स्थानीय सुनिताले बताउनुभयो । गाउँमा पानीको मुहान एक दुई ठाउँमा रहेको तर चैत महिना लागेसंगै पानीको मुहान सुक्दै जाने गरेकाले बर्षमा तिन महिनादेखि चार महिनासम्म गाउँमा पानीको निकै नै हाहाकार हुने गरेको उहाँले बताउनुभयो । कुनै सालमा त फागुन महिनादेखि नै पानीको हाहाकार हुने गरेको उहाको भनाई छ ।
पानीको मुहानमा गाउलेहरुको श्रमदान...




















