इन्टरनेशनल स्कुलमा निःशुल्क स्वास्थ्य शिबिर, २ सय ५५ विद्यार्थी लाभान्वित
महेन्द्रनगर - कंचनपुरको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको ईन्टरनेशनल स्कुलमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ ।
विद्यालयले शैक्षिक क्यालेण्डर अनुरुप शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको विद्यालयले जनाएको छ । नाक, कान र घाँटी सम्बन्धी विशेषज्ञ चिकित्सहरुबाट स्वास्थ्य परीक्षण गरिएको छ ।
नाक, कान घाटी सर्जन डा. प्रशान्त भट्ट र डा. सृष्टी श्रेष्ठले स्वाथ्य परीक्षण एव परामर्श दिएका थिए । विद्यालयले २ सय ५५ विद्यार्थीको निःशुल्क स्वाथ्य परीक्षण गरिएको जनाएको छ ।
विद्यालय संचालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बूले विद्यार्थीको बेला बेलामा विद्यालयमै स्वास्थ्य परीक्षण गराउँदै आएको बताए । अध्यक्ष लिम्बूले नियमित पठन पाठनका कृयाकलापमा सहजताका लागि विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गराएको बताए ।
विशेषज्ञ चिकित...




















