Advertisement

५४ वर्षको इतिहासमा पहिलो पटक मल्टिपल डिष्ट्रिक्टको नेतृत्वमा महिला निर्वाचित

काठमाडौं – लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ ले ५४ वर्षको नेपाली लायनिज्म इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ । डिष्ट्रिक्ट ३२५ जे को लायनवर्ष २०२४÷२५ की गभर्नर तथा मल्टिपल काउन्सिल भाईस चियर पर्सन लायन मिलन थापा आगामी लायन वर्षकी लागि मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित भएकी हुन् । यसको औपचारिक घोषणा भने ७ जुनमा प्रज्ञा प्रतिष्ठानमा हुने मल्टिपल कन्भेन्सनमा हुनेछ ।

 

मल्टिपल काउन्सिल चियरपर्सन पदमा मनोनयन दर्ता गर्ने समयसीमा भित्र लायन थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । लायनवर्ष २०२४÷२५ मा उनले आफ्नो कुशल नेतृत्वशैली देखाउँदै डिष्ट्रिक्ट ३२५ जे लाई चर्चामा ल्याएकी छन् । उनको यो सफलतालाई केवल पद प्राप्तिको रुपमा मात्र नभएर परिवर्तन, समावेशी नेतृत्व र समर्पित सेवाको प्रतिनिधित्वको रुपमा हेरिएको छ । लायनथापाले लायन्स क्लबमार्फत् समाजसेवामालामो समयदेखि सक्रिय रहँदै महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्यका क्षेत्रमाविशेष योगदानदिएकी छन् । पहिलोपटक मल्टिपल काउन्सिलले महिला नेतृत्व पाएकोमा नेपालका सबै लायन्स लिडरहरुले खुशीहुँदै उनलाई शुभकामना दिएका छन् ।
मल्टिपल काउन्सिलको सेक्रेटरीमा डिष्ट्रिक्ट ३२५ सि का इलेक्ट गभर्नर लायन बबरजंग थापा र ट्रेजररमा डिष्ट्रिक्ट आर का इलेक्ट गभर्नर लायन नवराज सापकोटा निर्विरोध भएका छन् । भाईस काउन्सिल चियरपर्सनमा भने ३ जनाको उम्मेदवारी परेको छ । उक्त पदमा डिष्ट्रिक्ट एच का इलेक्ट गभर्नर लायन रविन्द्र बहादुर प्रधान, डिष्ट्रिक्ट जि इलेक्ट गभर्नर लायन विधान जोशी र डिष्ट्रिक्ट एफ का इलेक्ट गभर्नर लायन केशर बहादुर भण्डारीले मनोनयन दर्ता गरेका छन् ।

 

आफू निर्विरोध भएपछि उनले आफ्नो जीतले नेपाली लायनिज्ममा नयाँ इतिहास कोरेको र मनदेखि समाजसेवामा सक्रिय सबै लायन्स लिडरहरु विशेषगरी महिलाहरुलाई थप प्रोत्साहन मिलेको बताइन् । उनले भनिन् — “यो जीत सम्मान सँगै मलाई लायनिज्ममा प्राप्त ठूलो जिम्मेवारी पनि हो । अब यो नेतृत्वलाई रुपान्तरण र समावेशीताको उदाहरण बनाउनेछु ।”
निर्विरोध निर्वाचित गर्न सहयोग गर्ने सबै अग्रज लायन्स लिडर र १५ वटै डिष्ट्रिक्टका गभर्नरहरुलाई उनले धन्यवाद दिँदै उनले आफ्नो पदीय जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज