भारतीय सीमावर्ती सहरमा देखियो बर्ड फलु , सतर्कता अपनाउन भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको आग्रह
महेन्द्रनगर–भारतीय सीमावर्ती सहर उद्यम सिंह नगरमा बर्ड फ्लु संक्रमण देखिएपछि सीमा क्षेत्रमा सतर्कता अपनाउन थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले भारतीय सीमावर्ती क्षेत्रबाट कुखुृरा तथा कुखुराजन्य पदार्थ पैठारीमा सचेतना अपनाउन आग्रह गरेको हो ।
केन्द्रका प्रमुख पशु चिकित्सक निर्देशक श्याम सिह खड्काले भारतको उद्यम सिह नगरमा बर्ड फ्लु पुष्टि भएको समाचार आएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको बताए ।
‘केही दिन अघि भारतको उद्यमसिम नगर र बागेश्वरमा बर्ड फ्लु पुष्टि भएको समाचार अमर उजाला दैनिकमा आएको छ, यो समाचारलाई आधार बनाएर अहिले सीमावर्ती क्षेत्र र कुखुरा किसानलाई सतर्कताका लागि आग्रह गरि रहेका छौ’ उनले भने ।
उद्यमसिह नगर सीमावर्ती क्षेत्र भएकाले सतर्कता अपनाउन नसकिए बर्ड फ्लु संक्रकण भित्रिन सक्ने चिन्ता खडकाले गरे । ‘सीमा क्षेत्र नजिक छ, त्यसैले यो अत...




















