दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा ७ सय मिटर सडक कालोपत्रेको काम सुरु, स्थानियमा खुशीयाली
महेन्द्रनगर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नंम्बर ७मा ७ सय मिटर सडक कालोपत्रे गर्ने कार्यको सुरुवात गरीएको छ । संघिय सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गत शहरी बिकास तथा भवन निर्माण कार्यालयले पर्खाल सहित झण्डै ७ सय मिटर सडक कालोपत्रे गर्न लागेको हो । उक्त कार्यको औपचारीक कार्यक्रम गरी नगर प्रमुख किशोर कुमार लिम्बुले समुद्धघाटन गर्नु भएको थियो ।
सिआरपी चोक देखि चक्की बजार जाने कच्ची बाटोलाई कालोपत्रे बनाउन थालिएको वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बहेक क्षत्रीले बताउनुभयो । सात सय मिटर कालोपत्रे हुन लागेको भएता पनि स्थानीय खुसि देखिएका छन् । निमार्ण कार्यको ठेक्का पाएको न्यु हुनैनाथ निमार्ण कम्पनीले आउदो अषाढ मसान्तमा निमार्ण कार्य सक्ने लक्ष्य लिएको छ । वर्षातमा हिलाम्मे र हिउदमा धुलाम्मे हुने सडकमा बिद्यार्थीहरुलाई विद्यालय पुर्याउन र बजार सम्म पुग्न कठिन हुदै आएको स्थानीयले ग...




















