Advertisement

हरिकिसन रानाको रहस्यमय घटनाबारे सांसद तामाङद्वारा संसद्मा ध्यानाकर्षणस निष्पक्ष छानबिनको माग

महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० स्थित कलकत्ता क्षेत्र नजिकै निर्मल शारदा आर्यघाटमा केही दिन अघि भएको रहस्यमय र दर्दनाक घटनाले स्थानीयमा शोक र आक्रोश फैलिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीका ५० वर्षीय हरिकिसन राना मोटरसाइकलसहित पूर्ण रूपमा जलेको अवस्थामा फेला परेपछि घटनाले थप रहस्य पैदा गरेको हो । राना गत मंगलबार बिहानै घरबाट निस्किएर करिब ७ किलोमिटर टाढाको आर्यघाट क्षेत्र पुगेका थिए, जहाँ उनी मृतावस्थामा भेटिएका हुन् । परिवारजनले रानालाई हातखुट्टा बाँधेर जलाइएको आशङ्का व्यक्त गर्दै निष्पक्ष छानबिन र परिवारजनको भरणपोषणको माग गरेका छन् । घटनाको गम्भीरता देखेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । तालिम प्राप्त कुकुरको सहयोगमा समेत घटनास्थलको अनुसन्धान गरिएको थियो । बेलडाँडी-बेलौरीका स्थानीय जनप्रतिनिधि र सङ्घीय सांसदको उपस्थिति तथा प्रहरीको गम्भीर अनुसन्धानले घटनाका दोषीहरू चाँडै सार्वजनिक हुने अपेक्षा स्थानीयवासीले गरे पनि घटनाको रहस्य के हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको छ ।

 

यही घटनालाई लिएर कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले आइतबार संसद्को आकस्मिक समय लिएर सरकारको ध्यानाकर्षण गराउनु भएको छ । सांसद तामाङले रानाको मोटरसाइकल र शरीरमा आगो लगाई हत्या गरिएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न आग्रह गर्नुभएको हो । उहाँले सभामुखमार्फत सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदै उक्त घटनाका साथै कञ्चनपुरकै निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पूरा हुन लाग्दा पनि अपराधी पत्ता लगाउन नसक्नु दुःखद पक्ष रहेको भन्नुभएको छ । सांसद तामाङले हाल शिक्षकहरूले गरिरहेको आन्दोलनसम्बन्धी विषयमा पनि संसद्मा बोल्नु भएको छ । उहाँले शिक्षकहरूका जायज माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिनुका साथै शिक्षकहरूले समेत कार्यस्थलमा फर्किएर शिक्षा क्षेत्रमा जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज