Advertisement

किसानहरुलाई प्रदान गरिने अनुदान वितरण र विषादी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

महेन्द्रनगर–कञ्चनपुरमा उखु किसानहरुलाई प्रदान गरिने अनुदान वितरण र विषादी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार कोष तथा लेखा नियन्त्रक कार्यालय र कृषी ज्ञान केन्द्रको सयुक्त अयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।
अनुदान भुक्तानी समिति संयोजक एवं कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले अध्यक्षता गरेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा प्रमुख अतिथि रहनुभएको थियो । सहायक जिल्ला अधिकारी परशुराम पोखरेलले कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए । त्यसैगरी कृषि ज्ञानकेन्द्रका प्रमुख गोविन्द सिजापतीले जीवनाषक विषादीको असर र सुरक्षित प्रयोगबो बारेमा प्रस्तुती राखेका राखेका थिए । त्यसैगरी लेखा कोष तथा नियन्त्रण कार्यालयका प्रमुख कृष्ण बहादुर धामीले कृषकहरुलाई उखु अनुदान वितरण सम्बन्धी कानुनी व्यवस्था र कञ्चनपुर जिल्लामा अनुदान वितरणको अवस्था बारेमा आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, कञ्चनपुरमा रहेका ९ वटा पालिकाका प्रमुख उपप्रमुख, कैलालीको गोदावरी नगरपालिका भजनी नगरपालिका र टिकापुर नगरपालिकाका प्रमुख उपप्रमुख, स्थानीय तहका कृषी शाखाका प्रमुखहरु, व्यवसायीक कृषक, चिनी मिल संचालकहरु पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उखु किसानले पाउँने अनुदानमा पारदर्शिता र वास्तविक किसानहररुलाई सहज तवरले कसरी अनुदान रकम प्रदान गर्न सकिन्छ भन्ने बारेमा बृहत छलफल भएको थियो । उत्पादनमा आधारित भएर अनुदान वितरण गरीरहँदा पनि धेरै किसानहरुले अनुदान दावि किन गरेनन ? भन्ने विषयहरु कार्यक्रममा उठेको कृषी ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतीले बताउनुभयो ।

 

कञ्चनपुरमा पछिल्लो समय व्यवसायीक रुपमा तरकारी खेती भर्इैरहेको र उक्त तरकारीहरुमा फलफुलहरुमा पनि अत्यधिक विषादीको प्रयोग भईरहेको पाईएको भएर यसको असुरक्षित प्रयोगलाई कसरी घटाउन सकिन्छ सुरक्षित भएर कसरी प्रयोग गर्ने ? र विषादीको प्रयोगलाई कसरी घटाउने भन्ने विषयमा जानकारी प्रदान गरिएको उहाँले बताउनु भयो ।
शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले भारतीय सीमावर्ती क्षेत्रबाट उखु ल्याएर नेपालमा अनुदान लिने प्रवृत्ति देखिएकाले छानबिन गर्नु पर्ने बताउउनु भयो । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रण कृष्ण सिह धामीका अनुसार हालसम्म ४ अर्ब ७ करोड बढी अनुदान निकासा गरिएको छ । कञ्चनपुरमा गत वर्ष २७ करोड अनुदान वितरण गरिएको थियो ।

कार्यालयका अनुसार एक हजार ६ किसानले अनुदान माग गरेका छैनन् । २९ हजार ४ सय ४३ जनाले अनुदान लिएको कार्यालयले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले अबदेखी भारतबाट अबैध रुपमा उखु आउन बन्द हुने बताउनु भयो । सबैले मिलेर सुचना दिने र सम्बन्धीत निकायले पनि सुक्ष्म तवरले निगरानी गर्ने वातावरण भयो भने पारीबाट उखु आउन नपाउने बताउनु भयो ।

कार्यक्रमका सभाध्यक्ष सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले किसानले उत्पादन गरेको उखुको एकिन गर्नु गरे उत्पादनको तथ्याङक राख्ने र पारदर्शीता, ईमान्दारीता, वस्तुनिष्ठता र कृषकलाई प्रोत्साहन गर्ने नितीलाई गाँउगाँउमा पुय्राउनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज