पुनर्वास नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ७७ लाख रुपैयाँ बराबरको बजेट पारित
सुरज श्रेष्ठ, महेन्द्रनगर– पुनर्वास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ७७ लाख १८ हजार ६१ रुपैयाँको बजेट पारित गरेको छ।
नगर सभाको बैठकमा मंगलबार, २०८२ असार १० गते, प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८२ मा उक्त बजेट प्रस्ताव गरिएको हो। नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम प्रस्तुत गरिएको बजेटमा संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड र आन्तरिक स्रोतलाई प्रमुख आयको रूपमा देखाइएको छ।
कुल बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु. १४ करोड ९३ लाख, सशर्त अनुदानतर्फ रु. २८ करोड ६८ लाख, र राजस्व बाँडफाँडबाट रु. १२ करोड ७० लाख १३ हजार ६१ प्राप्त हुने अनुमान छ। त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ रु. १ करोड ४२ लाख ३ हजार, विशेष अनुदान रु. ४५ लाख, समपुरक अनुदान रु. ६९ लाख, र सवारी साधन कर बाँडफाँडबाट रु. ८५ लाख...




















