Advertisement

शुक्लाफाँटा नगरपालिकाले ल्यायो ९२ करोड ७८ लाख बजेट

महेन्द्रनगर–शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९२ करोड ७८ लाख ५३ हजार ६ सय ३१ रुपैयाँको बजेट ल्याएको छ। मङ्गलबार सम्पन्न भएको २०औं नगर सभाले विभिन्न शीर्षकहरूमा आगामी आर्थिक वर्षमा खर्च गर्ने गरी बजेट ल्याएको हो। शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा नगर उप-प्रमुख कल्पना जोशी पन्तले नगरपालिकाको बजेट वक्तव्य २०८२ प्रस्तुत गर्नुभएको थियो ।

नगर प्रमुख रणबहादुर महराले नगर सभालाई सम्बोधन गर्दै गत आर्थिक वर्षमा चालु रहेका विभिन्न योजनाहरूलाई निरन्तरता दिँदै केही नयाँ योजनाहरू पनि ल्याइएको जानकारी गराउनुभयो। उहाँले नगरपालिकाले थुप्रै नगर गौरवका योजना सम्पन्न गरेको र कतिपय योजनाहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी गराउनुभयो। शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर २ मा नमुना खानेपानी परियोजना वडा नम्बर १० मा कबडहल कालागौडी देखि वननसमिति सम्म चक्रपथ निर्माणको कार्य भइरहेको तथा विभिन्न क्षेत्रमा तटबन्दका कार्यहरू सम्पन्न भएको बताउनुभयो ।

 

 

नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख महराले यसअघि सुक्लाफाटाँ नगरपालिकामा एसियाली विकास बैंकको सहयोगमा सञ्चालित परियोजनाहरू पुनः सुचारु गर्न सफल भएको बताउनुभयो। यस्तै नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि जग्गा नाप जाँचको कार्यालाइ निरन्तरता दिने, सब वाहन सञ्चालनमा ल्याउने, ध्यानकेन्द्रको स्थापना, एक वडा एक उद्यान लगायत आवश्यक कर्मचारीहरूको व्यवस्थापनको कामहरुलाई गर्ने जानकारी गराउनुभयो।

बजेट वक्तव्यमा नगर उपप्रमुख कल्पना पन्तले आर्थिक वर्ष २०८०र८१ को कुल आयमा ६० करोड ७० लाख २६ हजार भएकोमा विभिन्न शीर्षकमा भएको खर्च पछि बचत रकम ४ करोड ७७ लाख ५३ हजार सञ्चित कोषमा रहेको बताउनुभयो । शुक्लाफाँटा नगर उपप्रमुख कल्पना पन्तले बजेट वक्तव्य २०८२ प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा सुरुको अपेक्षित लक्ष्य मुताबिक आय हुन नसकेको बताउनुभयो। उहाँले नगरपालिकाको समग्र विकासका लागि शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको बताउनुभयो।

 

आर्थिक वर्ष २०८२र८३ मा मुख्यगरी गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत आवश्यकता सरकारी निजी र सहकारी क्षेत्रसँग समन्वय साझेदारी गर्दै कृषि तथा पशुपंक्षी, उद्योग, उद्यमशीलता, रोजगारी, सामाजिक संरक्षण र वन वातावरण पर्यटन क्षेत्रको प्रवर्धन लगायत नगर भित्रका खोला(नाला ताल(तलैया जग्गा लगायतका सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने लगायतका उद्देश्यहरू राखिएको छ। आर्थिक वर्ष २०८२र८३ को बजेटमा गुणस्तरीय शिक्षा स्वास्थ्य खानेपानी लगायतका आधारभूत आवश्यकता नगरवासीको पहुँचमा पुर्‍याउने प्राथमिकताहरू राखिएका छन्।

आर्थिक वर्ष २०८२र८३ मा कुल आय ६२ करोड ७८ लाख ५३ हजार बढी हुने अनुमान गरिएको छ। आन्तरिक आयमा २ करोड, संघीय सरकार राजस्व बाँडफाँडबाट १३ करोड, मालपोतबाट र घर जग्गा रजिस्ट्रेसन शुल्कबाट ७३ लाख लगायतका विभिन्न शीर्षकहरूबाट आयआर्जन हुने अनुमान गरिएको छ। नगरपालिकाको चालु खर्चतर्फ ६७ करोड ७१ लाख रहेको छ भने पुँजीगत खर्चतर्फ २५ करोड ७ लाख ३६ हजार रहेको बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

 

क्षेत्रगत कार्यक्रम अन्तर्गत कुल बजेटमध्ये आर्थिक विकास क्षेत्रतर्फ १ करोड १२ लाख ४६ हजार झण्डै १।२१५, सामाजिक विकासतर्फ कुल बजेटको २९ करोड ४६ लाख १५ हजार ५८।७०५, पूर्वाधार विकास तर्फ कुल बजेटको २४ करोड ८६ लाख ३६ हजार २६।८३५, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ कुल बजेटमध्ये ७६ लाख ०।८२५ र कार्यालय सञ्चालन तर्फ कुल बजेटमध्ये ११ करोड ५४ लाख ५० हजार १२।४४५ राखिएको छ।

मङ्गलबार भएको शुक्लाफाँटा नगरपालिकाको २०औं नगरसभामा आर्थिक विधेयक वडाध्यक्ष रमेश बहादुर ऐर, विनियोजन विधेयक दानसिंह ऐर, वार्षिक प्रगति प्रतिवेदन भूमा चन्द, विद्युतीय अटो रिक्सा दर्ता सञ्चालन तथा व्यवस्थापन विधेयक २०८२ नवलसिंह राना, करारका कर्मचारीहरूको म्याद थप गर्ने प्रस्ताव उत्तरदेव भट्ट र लेखा परीक्षण प्रतिवेदन नरेन्द्रप्रसाद चौधरीले प्रस्तुत गर्नुभएको थियो।

प्रस्तुत गरिएका बजेट वक्तव्य तथा विभिन्न विधेयकहरू माथि छलफलका क्रममा शुक्लाफाँटा नगरसभाका सदस्यहरूले आआफ्ना राय सुझाव तथा मागहरु राखेका छन् । नगरसभा सदस्य तथा वडा नम्बर १ के वडा सदस्य रञ्जना चौधरीले आदिवासी जनजाति तथा महिलाहरूका हक अधिकारहरू विषयमा नगरसभाले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ‌ ।

यस्तै नगरसभामा वडा नम्बर ८ का वडा अध्यक्ष बहादुर सिंह महरा तथा वडा सदस्य लालबहादुर महराले सुशासन भ्रष्टाचार नियन्त्रण र राजस्व असुलीमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो। नगरसभामा बोल्ने क्रममा जयराज पाण्डे सन्तोला काम राजेश शाही गणेश बिकले नगरसभाले गरेका निर्णयहरूको कार्यान्वयन तथा ऐलानी जग्गाहरूको नावजाँच लगायतका विषयमा नगरसभाले आवश्यक कार्यक्रम तथा बजेट व्यवस्थापन गर्नुपर्ने माग राखेका थिए। वडा अध्यक्ष तथा नगरसभा सदस्य नरेन्द्रप्रसाद चौधरी तथा रमेश बहादुर ऐरले नगरपालिकाले विभिन्न विकास निर्माणका कामहरू गरेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा पनि विविध विकास निर्माणका कामहरुलाई अघि बढाएको बताउनुभएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज