Advertisement

भीमदत्त नगरमा एडिबी फेज–२ परियोजना अन्तरर्गत सडक र ढल निर्माण गर्न ठेक्का आह्वान

महेन्द्रनगर–भीमदत्त नगरपालिकामा एशियाली विकास बैंक(एडिबी) को फेज–२ परियोजना अन्तर्गत १८ वटा सडक तथा ढल संरचना निर्माणको तयारी तीव्र रूपमा अघि बढेको छ । नगरप्रमुख पदम बोगटीको नेतृत्वमा संघीय मन्त्रालयहरूसँगको समन्वय र फेज–१ परियोजनाको सफल कार्यान्वयनका आधारमा गत केही महिना अघि एडिबीले फेज–२ परियोजना स्वीकृत भएको थियो ।
आज(बुधवार) सम्बन्धित कार्यालयले ठेक्का आह्वान गरेको छ । नगरप्रमुख बोगटीका अनुसार फेज–२ अन्तर्गत कूल ८ दशमलव १४६ किलोमिटर सडक र १४ दशमलव ७१७ किलोमिटर ढल संरचना निर्माण गरिनेछ ।

 

१८ वटा सडक ढलसहित निर्माण हुनेछन् भने ३ वटा सडकमा छुट्टै ढलको व्यवस्था गरिनेछ । ‘यो केवल एक परियोजना होइन, नगरको समग्र शहरी विकासतर्फ उठाइएको महत्वपूर्ण पाइला हो ।’ नगरप्रमुख बोगटीले भने ‘अबको हाम्रो लक्ष्य भनेको गुणस्तरीय, प्रभावकारी र समयमै निर्माण कार्य सम्पन्न गर्नु हो ।’

फेज–१ मा मापदण्ड अनुसारको पारदर्शी निर्माण कार्य सम्पन्न भएकै कारण एडिबीको दोस्रो चरणमा प्रवेश गर्न सफल भइएको बताइएको छ । सम्बन्धित निर्माण कार्यहरु चाँडै सुरु हुने जनाइएको छ । उनकाअनुसार यो हाम्रो नगर रुपान्तरणको यात्राको दोस्रो खुड्किलो हो ।

स्थायी पूर्वाधारका लागि केही समयको असहजता स्वीकार गर्नुपर्छ, अन्तिम परिणाम सबैको हितमा हुनेछ । यसैबीच, फेज–१ अन्तर्गत निर्माणाधीन सडक, ढल र सडकबत्ती जडान कार्यहरू अन्तिम चरणमा पुगेका छन् ।

ती संरचनाहरू सञ्चालनमा आउन थालेसँगै नगरको स्वरूपमा उल्लेखनीय परिवर्तन देखिन थालेको नगरप्रमुख बोगटीले बताए । पहिलो चरणको अनुभवले दोस्रो चरणमा अझ व्यवस्थित र आत्मविश्वासी ढंगले काम गर्न ऊर्जा मिलेको उनले बताए ।

निर्माण हुने प्रमुख सडक तथा ढल योजनाहरू यस्ता छन्ः

मझगाउँ एयरपोर्ट–ऐरीघाट सडक
भासि पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फको सडक
बनगाउँ सडक–भगवती टोल
मामा भाञ्जा–निम्बुखडा सडक
भगतपुर रोड–नहरसम्म
रेडक्रस रोड
कभर्डहल रोड
पूर्व–पश्चिम राजमार्गदेखि ओपेरा तर्फको सडक
होटल चेतन देखि भगतपुर रोड
पुष्पलाल चौकदेखि सुदूरपश्चिम विश्वविद्यालय गेटसम्मको सडक
मामा भाञ्जा रोड (दोस्रो खण्ड)
बिद्यानगर टोल कटान गल्ली–१ भीमदत्त नगरपालिका–१८
बिद्यानगर टोल कटान गल्ली–२ भीमदत्त नगरपालिका–१८
विष्णु टोल कटान गल्ली–१ भीमदत्त नगरपालिका–१८
विष्णु टोल कटान गल्ली–२ भीमदत्त नगरपालिका–१८
द्वारिका मार्ग, जानकी टोल भीमदत्त नगरपालिका–४
भगतपुर आदर्श टोल
सिद्धिविनायक मार्ग रोड र एकतर्फ नाली निर्माण
सम्झना, जनकी, श्रीकृष्ण मार्गमा ढल मात्र निर्माण र जगन्नाथ मार्गमा सडक सहित ढल निर्माण

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज