Advertisement

बेलौरी नगरको नीति तथा कार्यक्रम स् कृषिमा आधारित उद्योग, विपद् बीमा र सुशासनमा प्राथमिकता

हरिश्चन्द्र बाग
महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि कृषिमा आधारित उद्योग, विपद् जोखिम न्यूनीकरण, नागरिक सुरक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार आयोजित १५औँ नगरसभामा नगर प्रमुख पोतीलाल चौधरीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमले पुराना लोकप्रिय योजनालाई निरन्तरता दिँदै केही नवीन र महत्वाकांक्षी कार्यक्रमसमेत अघि सारेको छ । प्रस्तुत नीति अनुसार स्थानीय उत्पादनको मूल्य श्रृंखला विकास गर्न यस वर्ष पहिलो पटक कृषिमा आधारित उद्योग स्थापनामा विशेष जोड दिइएको छ ।

कृषिमा नवप्रवर्तन र आत्मनिर्भरता

नीतिअनुसार केराको थामबाट धागो र डोरी उत्पादन गर्ने, उखुबाट गुड भेली बनाउने उद्योग स्थापना गरिने छ । कृषकलाई उन्नत बीउ तथा कृषि औजारमा ५० प्रतिशत अनुदान दिने अघिल्ला वर्षका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

नागरिक सुरक्षा र विपद् व्यवस्थापनमा नवीन सोच

विपद् जोखिम न्यूनीकरणका लागि प्रतिनिधि र कर्मचारीको एक दिन बराबरको तलब ‘विपद् कोष’मा जम्मा गर्ने नीति तय गरिएको छ । जोखिममा रहेका ६ वडामा ‘विपद् घर बीमा कार्यक्रम’ सञ्चालन गरिने छ । नगर क्षेत्रभित्र ‘एक घर, एक म्यादी बीमा’ लागू गर्ने योजना सार्वजनिक गरिएको छ । बाढी प्रकोप न्यूनिकरणका लागि दोदा नदी र सुतिया नालामा पूर्वसूचना प्रणाली जडान गरिने उल्लेख छ ।

शान्ति सुव्यवस्था र संस्थागत सुधार

आगामी वर्षदेखि नगरभित्र ‘नगर प्रहरी’ गठन गरी शान्ति सुरक्षा र आन्तरिक प्रशासन सुदृढ गर्ने तयारी गरिएको छ । सेवा प्रवाह छरितो बनाउन ‘डिजिटल नागरिक बडापत्र’ ल्याइने छ । उत्कृष्ट करदाता र वडा सम्मान कार्यक्रमलाई निरन्तरता दिइने भनिएको छ ।

शिक्षा, स्वास्थ्य र पूर्वाधारमा अग्रसरता

शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत नगरले प्रोत्साहन र सुविधा विस्तार गर्ने योजना अघि सारेको छ । नगरका स्थायी बासिन्दा वा कर्मचारीले विद्यावारिधि ९एजम्० गरेमा एकमुष्ट रु। १ लाख अनुदान दिइने छ । वडा नं। ७ र ९ मा बर्थिङ सेन्टर सञ्चालन गरिने छ भने शव व्यवस्थापनका लागि ‘घरदेखि घाटसम्म’ सेवा दिने शववाहन सञ्चालनमा ल्याइने छ । गर्भवती तथा सुत्केरी महिलालाई दिइँदै आएको पोषण खर्च यस वर्ष पनि निरन्तर रहने छ । पूर्वाधारतर्फ, संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा २५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । बेलौरी(कलुवापुर चार लेन सडक र चक्रपथ निर्माणका लागि संघीय तथा प्रदेश सरकारसँग सहकार्य गर्ने नीति पुनः दोहोरिएको छ ।
समग्रमा कृषि, सुरक्षा, पूर्वाधार, सेवा प्रवाह र सामाजिक विकासलाई जोड दिइएको बेलौरी नगरपालिकाको नीति तथा कार्यक्रमले समृद्ध र आत्मनिर्भर नगर निर्माणको आकांक्षा प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रमको पूर्ण कार्यान्वयनमा नगर सभा सदस्यहरूले जोड दिनु भएको छ ।
सोही नगर सभामा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नु भएको छ । उक्त बजेटमाथि नगर सभाको बन्दसत्रमा छलफल भई ७६ करोड ६२ लाख ८० हजार बराबरको बजेट पारित गरिएको नगर प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज