Advertisement

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरले पालिकाहरूमा तोक्यो संयोजक

महेन्द्रनगर–नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरले जिल्लाका विभिन्न स्थानीय तहमा संयोजक तोकेको छ । पत्रकार महासंघ कञ्चनपुर जिल्ला शाखाको सोमबार बसेको बैठकले जिल्लाका ९ मध्ये ८ पालिकामा संयोजक तोकेको हो । महासंघले स्थानीय तहसंग समन्वय र संस्थागत गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले महासङ्घले पालिका संयोजक तोकेको महासंघका जिल्ला अध्यक्ष सुरेश सिंह धामीले जानकारी दिए ।

उनका अनुसार भीमदत्त नगरपालिकामा केशव भट्ट, दोधाराचाँदनी नगरपालिकामा सुरेश भट्ट, वेदकोट नगरपालिकामा सुजित रमेश सिनाल, शुक्लाफाँटा नगरपालिकामा दिनेश राज ओझा, बेलौरी नगरपालिकामा माधव पौडेल, पुनर्वास नगरपालिकामा धन बहादुर बिक, बेलडाँडी गाउँपालिकामा धन बहादुर महता (विकास) र लालझाडी गाउँपालिकामा भवानी भट्ट(भुवन) लाई संयोजकको जिम्मेवारी दिएको छ ।

कृष्णपुर नगरपालिकाको संयोजक तोक्न बाकि रहेको छ । पालिका संयोजक तोक्ने क्रममा बैठकमा उपस्थीत भएकालाई मात्रै जिम्मेवारी दिईएको थियो । तर धन बहादुर महता(विकास) बैठकमा उपस्थीती नभईकनै जिम्मेवारी दिईएकोमा अन्य कार्यसमिति सदस्यले प्रश्न उठाएका छन् ।
संयोजकहरूलाई जिम्मेवारी प्राप्त पालिकासँग समन्वय र सहकार्य गर्दै महासङ्घका संस्थागत कार्यक्रम सञ्चालनमा सहजीकरण गर्न, पालिका स्तरमा रहेका पत्रकारहरूको पेसागत हक, अधिकार र हितको पक्षमा क्रियाशील हुन, सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरी पत्रकारितासँग सम्बन्धित गतिविधिमा सहयोग गर्न जिम्मेवारी दिइएको अध्यक्ष धामीले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घको विधान २०६० (पाँचौँ संशोधन २०७५) को परिच्छेद ५ को दफा २० को उपदफा १, २, ३ अनुसार पत्रकार महासंघ कञ्चनपुर शाखाले पालिका संयोजक तोकेको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज