कञ्चनपुरमा कांग्रेस–एमाले पार्टी कार्यालयमा आगजनी
महेन्द्रनगर – भ्रष्टाचारी नेताहरूमाथि कारवाहीको माग गर्दै देशव्यापी आन्दोलनमा उत्रिएका जेनजी पुस्ताले कञ्चनपुरमा समेत प्रदर्शन गरेका छन् । जिल्ला सदरमुकाम महेन्द्रनगरसहित पूर्वपश्चिम राजमार्गमा पर्ने विभिन्न बजारहरू, लालपुर, दैजी, झलारीमा स्थानीय युवाले प्रदर्शन गरेका छन् ।
महेन्द्रनगरस्थित सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन् । भीमदत्त नगरपालिका कार्यालयमा समेत आगजनी गरिएको छ ।
महेन्द्रनगरमा आन्दोलन उग्र बन्दै जाँदा सुरक्षाकर्मीले संयमता अपनाएका छन् । महेन्द्रनगर बजारका मुख्य चोकहरू भानुचोक, मदन चोक, दशरथचोकमा आन्दोलन भइरहेको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघले प्रदर्शनकारीमाथि गोली प्रहार गरेर मृत्यु भएको घटनाको शोकमा बजार बन्दको घोषणा गरेको छ ।...



















