Advertisement

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थी निर्वाचित

महेन्द्रनगर–निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन । संघको १५औँ कार्यसमिति चयनका लागि शनिबार सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा अवस्थी निर्वाचित भएका हुन । १४औँ कार्य समितिका लागि २५ भदौँ ०७९मा सम्पन्न भएको निर्वाचनमा भट्टले अवस्थीलाई ४२ मतले हराएका थिए ।
अवस्थीले आफ्ना निकटतम प्रतिस्पर्धी निरञ्जन प्रशाद भट्टलाई १७ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्षमा निर्वाचित भएका अवस्थीले १ सय ४९ मत ल्याएका हुन् ।

बरिष्ठ उपाध्यक्षमा भट्ट प्यानलका देब बहादुर चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना निकतमप्रतिस्पर्धी अमर बहादुर बमलाई ६२मत अन्तरले हराउँदै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन । चन्दले १ सय ६९ मत ल्याएका छन् । उपाध्यक्षमा भट्ट प्यानलका दीपक भट्टलाई अवस्थी प्यानलका यज्ञराज बैजले १६मत अन्तरले पराजित गरेका छन् । भट्टले १ सय ४८ मत ल्याएका हुन् । महासचिव पनि अवस्थी प्यानलकै देवीदत्त भट्ट निर्वाचित भएका छन । उनले आफ्ना निकटतम प्रतिस्पर्धी योगेन्द्र बहादुर ठकुराठीलाई ५२मतको फराकिलो मतान्तरले हराउँदै महासचिवमा निर्वाचित भएका हुन । भट्टले १सय ६६ ल्याएका छन ।

सहकोषाध्यक्षमा भट्ट प्यानलका हेम बहादुर महरा निर्वाचित भएका छन । उनले अवस्थी प्यानलका चित्र कार्की र स्वतन्त्र पदमराज भट्टलाई हराउँदै सहकोषाध्यक्षमा निर्वाचित भएका हुन । महराले भट्टलाई ५४, कार्कीलाई ७९मतान्तरले पछि पारेर सहकोषाध्यक्षमा निर्वाचित भएका हुन । महराले १ सय ३५ मत ल्याएका हुन् ।
भट्ट प्यानलबाट सचिवमा वृज किशोर चन्द र कोषाध्यक्षमा तेज बहादुर चन्द निर्बिरोध निर्वाचित भएका हुन् ।
सदस्य तर्फ गणेश सुबेदी(१९०), महेश जोशी(१७२), दिपक कार्की(दिपीन)(१७०), नविन चन्द(१५८), सन्तोश खत्री(१५२), मनिराम रेग्मी(१४७) र चन्द्रसिंह कार्की(१४३) विजयी भएका छन् । सदस्यमा निर्वाचित भएका नविन चन्द पहिलो प्रयासमै र दिपक कार्की(दिपिन) दोस्रो पटकको प्रयासमा सफलता हात पारेका हुन् । संघमा कुल २९८मतदाता रहेका भएपनि २८१ मत खसेको थियो ।
दोस्रो प्रयासमा संघको अध्यक्षमा निर्वाचित भएका पुष्पराज अवस्थीले अब संघलाई एकढिक्का मिलाएर सबै व्यवसायीहरुको व्यवसायिक हकहितमा अघि बढाउने प्रतिज्ञा गरेका छन । गृहमन्त्री समेत रहेका संघका पुर्व कानुनी सल्लाहकार रमेश लेखकको प्रमुख आथित्यमा अधिवेशन उद्घाटन गरिएको थियो । निर्वाचित पदाधिकारी सदस्यहरुलाई केही समयपछि पदभारदेखि प्रमाण पत्र प्रदान गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज