Advertisement

मेगा बचत तथा ऋण सहकारी संस्थाको १२औ बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेगा बचत तथा ऋण सहकारी संस्थाको १२औ साधारण सभा सम्पन्न भएको छ । विहीबार कञ्चपनुर उद्योग बाणिज्य संघको सभा हलमा सहकारीको महेन्द्रनगर सेवा केन्द्र र दैजी सेवा केन्द्रको सयुक्तरुपमा साधारण सभा सम्पन्न गरीएसंगै १२औ साधारण सभा सम्पन्न भएको हो । ६ वटा सेवा केन्द्रबाट सेवा प्रवाह गरीरहेको सहकारीले यस बर्ष ईकाईगतरुपमा साधारण सभा मनाएको छ । बुधबार ‘क’ ईकाई अन्तरगत बेलौरी, धनगढी सेवा केन्द्र तथा ‘ख’ केन्द्र अन्तरगत दोधारा चाँदनी, ब्रह्मदेव सेवा केन्द्रको साधारण सभा सम्पन्न गरेको सहकारीले बिहीबार ‘ग’ ईकाई अन्तरगत महेन्द्रनगर, देजी सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न गरको हो ।

विगत बर्षहरुमा धुमधामसंग सारधारण सभा गर्दै आएको सहकारीले यस बर्षभने सामान्यरुपमा कम खर्चिलो बनाएको छ ।

 

सहकारी संस्थाले १२ औ वार्षिक साधारण सभाकै अवसर पारेर महेन्द्रनगर सेवा केन्द्रअन्तरगत नियमिति उत्कृष्ठ बचतकर्ताकारुपमा विरेन्द्र चौधरी, उत्कृष्ठ बालबचतकर्ताकोरुपमा ऐसेवि भट्ट, उत्कृष्ठ ऋण कारोवार गर्ने सदस्यका रुपमा प्रकाश सिंह धामी, उत्कृष्ठ महिला बचत कर्ताको रुपमा रमा पार्की र क्षिक्षा क्षेत्रमा योगदान पु¥याउने शेयर सदस्य नरेन्द्र अवस्थीलाई पनि सम्मान पत्र प्रदानसंगै खादामाला टिका लगाएर सम्मान गरेको छ ।
त्यसैगरी दैजी सेवा केन्द्र अन्तरगत उत्कृष्ठ नियमित बचतकर्ता यज्ञराज अवस्थी, उत्कृष्ठ बालवचत गर्ने सदस्य काव्या पाण्डेय, उत्कृष्ठ नारी बतत गर्ने द्रोपती बोहरा, उत्कृष्ठ ऋण कारोवार गर्ने भरत राना र उत्कृष्ठ जेष्ठ नागरीक कृष्ण जोशीलाई सम्मान पत्र प्रदानसंगै खादामाला लगाएर सम्मान गरेको छ । भने लघुवित्त समुहको तर्फबाट केन्द्र नं ३ बनगाउलाई सम्मान गरीए छ ।
साधारण सभाबाट गत आर्थिक बर्षको स्वीकृत बजेट तथा कार्यक्रमको कार्यान्वयन पक्षको समीक्षा गर्दै चालु आर्थिक बर्षका लागि नया बजेट तथा कार्यक्रम स्वीकृत गरीनेछ ।

 

सहकारीका अध्यक्ष रघुनाथ ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थाका जेष्ठ नागरीक सदस्य केसव दत्त जोशी रहेका थिए । सभामा एकल महिला सदस्य पशुपति चन्द, सस्थाका उपाध्यक्ष रविन्द्र धामी, कोषाध्यक्ष महेश्वरी देवि जोशी, संञ्चालक सदस्य कान्तुराम पनेरु, दिपक प्रसाद भट्ट, सदस्य गोपाल चौधरी, कार्यकारी प्रमुख सनिल कुमार सेठी, प्रशासन प्रमुख डम्मर नाथ अतिथि रहेको महेन्द्रनगर सेवा केन्द्र प्रमुख जयदेव जोशीले बताए । उनका अनुसार महेन्द्रनगर र दैजी सेवा केन्द्रअन्तरगत ३ हजार ७४ जना बचतकर्ता रहेका छन् ।

अध्यक्ष ओझाले २०७१ मा ५२ हजार शेयरपुजिबाट २५ जना शेयर सदस्यले सुरु गरेको सहकारीको अहिले ७७ करोड शेयर पुजी रहेको उल्लेख गर्दै संस्थालाई समाजमा स्थापित गराउनमा सम्पूर्णको सहयोग, सद्भाव र अटल विश्वास रहेको बताए ।

झण्डै ७७ करोड सम्पत्ति रहेको सहकारीले गत आर्थिक बर्षमा ७८ लाख २३ हजार ६७७ रुपया खुद नाफा कमाएको अध्यक्ष ओझाले बताए । ७ करोड २६ लाख २२ हजार शेयर पुजी र ४ करोड ८० लाख २० हजार ६२ संस्थागत पुँजी रहेको सहकारीमा ७ हजार १२७ जनाको ४२ करोड ८३ लाख ७४ हजार ७०३ रुपया निक्षेप रहेको छ ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज