‘जेन–जी’ भन्दै कुटपिट पछि आत्महत्या घट्ना : वडा सदस्य बोहरासहित चार जना पक्राउ
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–४ बैतडाका २७ वर्षीय नरेश धानुक मृत्यु प्रकरणमा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् । शुक्रबार राति आफ्नै घरको सुत्ने कोठामा फेसबुक लाइभ गर्दै धानुकले जनप्रतिनिधि र अन्य व्यक्तिहरूको नाम लिएपछि झुण्डिएर आत्महत्या गरेका थिए ।
धानुकले फेसबुक लाइभमै वडा सदस्य अमर बोहरा, भोजराज पन्त, खेम बोहरा र जनक धानुकले आफूलाई नाङ्गै बनाएर कुटपिट गरेको र त्यसकै कारण झुण्डिन बाध्य भएको बताएका थिए ।
परिवारले सोही भिडियोको आधारमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिएपछि प्रहरीले चारै जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले जानकारी दिए ।
धानुकको फेसबुक लाइभ भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा उनले आफूलाई काँग्रेस नेता तथा वडा सदस्य अमर बोहराले “जेन–जी आन्दोलन“ मा सहभागी भएको भन्दै कुटपिट गरेक...




















