नयाँ खबर
महेन्द्रनगर–कञ्चनपुरका राजनीतिक दलहरुले जेनजी आन्दोलपछि उत्पन्न जटिल राजनीतिक परिस्थतिमा मुलुकको सार्थक हितका लागि शान्ति, सुशासन र सुमन्नतीको मार्गमा हिड्न सबैमा आह्वान गरेका छन् ।
अन्तरिम सरकार गठन भएपछि दलहरुले संयुक्त विज्ञप्ति जारी गरी मुलुकको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीलाई नयाँ ढंगले सुनिश्चित गर्ने दायित्वमा सबै गम्भीर बन्नु पर्नेमा जोड दिएका हुन् ।
“यो विषम परिस्थितिमा सम्माननीय राष्ट्रपतिज्यूबाट सुरु गरिएको पहल स्वागत योग्य छ,” दलहरुको विज्ञप्तिमा भनिएको छ, “संवाद र परामर्श मार्फत नै समाधान खोज्नु पर्छ । त्यसका लागि नागरिक समाज, सञ्चार जगत र अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य हुन्छ ।’

दलहरुले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न उनीहरुका परिवारलाई समवेदना दिएका छन् । आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई जोडदार माग गरेका छन् ।
नेताहरूले नेपाली सेना सहितका सुरक्षा निकायहरूले शान्ति र सुरक्षा कायम गर्न गरिरहेको प्रयासलाई सराहना गर्दै जेनजी पुस्ताको भावना बमोजिम संवाद प्रक्रियालाई निष्कर्षमा पु¥याउन सबै पक्षलाई आग्रह गरेका छन् । संविधान सम्मत र वैधानिक बाटोबाटै लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरूको रक्षा गर्न सबैलाई आह्वान समेत गरेका छन् । जेनजी आन्दोलनको भावना विपरीत केही अराजक समूहले घुसपैठ गरी सरकारी तथा व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनी गरेको घटनाप्रति नेताहरूले खेद प्रकट गरेका छन् ।
घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायलाई अनुरोध गरेका छन् । काँग्रेस कञ्चनपुरका उप सभापति मिन बहादुर सिह, एमाले उपाध्यक्ष जनकराज अवस्थी, नेकपा माओवादी केन्द्र का आनन्द सिंह धामी र एकीकृत समाजवादीका देवदत्त जोशीले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका हुन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।