पुनर्वास नगरपालिकाको न्यायिक समितिद्वारा तीन ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
किशोर तामाङ , पुनर्वास - कञ्चनपुरको पुनर्वासमा न्यायिक समितिको आयोजनामा तीन ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पुनर्वास नगरपालिका वडा नम्बर ४, १ र २ मा गरी न्यायिक समितिले सार्वजनिक सुनवाई गरेको थियो ।
पालिकाको न्यायिक समितिबाट प्रवाह गरिएका सेवा सुविधा, सुशासन, सामाजिक उत्तरदायित्व, न्यायिक गतिविधिको प्रभावकारिता, पारदर्शिता र जवाफदेहिताका विषयमा सार्वजनिक सुनुवाइमा छलफल गरिएको थियो। पुनर्वास नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमलाई बार्षिक कार्यतालिका अनुसार नियमित रूपमा सञ्चालन गर्दै आएको पुनर्वास नगरपालिकाको नगरप्रमुख तथा न्यायिक समिति संयोजक भूलीया कुमारी रानाले जानकारी दिनुभयो ।
यसरी विभिन्न ठाउँमा सार्वजनिक सुनवाई गर्दा, नागरिकहरूलाई न्यायिक समितिको बारेमा जानकारी हुने, न्यायिक समितिले गर्ने काम कारबाही, र न्यायक समितिमा के का लागि किन र कसरी पुग्न...




















