Advertisement

सुदूरपशिचम विश्वविद्यालयको १६ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाईयो

महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको १६ औँ स्थापना दिवस विबिध कार्यक्रम गरी मनाईएको छ । मंगलबार विश्वविद्यालयको केन्द्रिय कार्यालय भीमदत्त नगरपालिका वडा नं. १८ सालघारीमा एक समारोको आयोजना गरी दिवस मनाईएको हो ।

 

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथि रहेका थिए । भने विश्वविद्यालयका उपकुलपति प्राडा हेम राज पन्तको अध्यक्षता रहेको थियो । कार्यक्रममा २५ वर्षदेखि निरन्तर कार्यरत ४३ जना कर्मचारी र प्राध्यापकलाई दीर्घ सेवा पदकबाट सम्मान गरीएको छ । उनीहरुलाई प्रमाणपत्र समेत प्रदान गरीएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ। ‘कृषि, पर्यटन, धार्मिक टुरिजम क्षेत्रको विकास र प्रवद्र्धनको विषयमा अध्ययन अध्यापन हुनुपर्छ’ मुख्यमन्त्री शाहले भने ‘रोजगारी र उत्पादन बढाउने र हाम्रो सीप र क्षमतालाई विश्व बजारमा लैजानु पर्छ ।’ साथै उनले प्रदेश सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत स्पष्ट पार्नुभयो ।

 

 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, संघिय संसाद तारालामा तामाङ र आन्तरीक मामिला तथा कानून मन्त्री हिरा पार्की विशिष्ठ अतिथि रहेका थिए ।
स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य अनुरुप विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामा १६ वटा आङ्गिक र देशभरि बिभिन्न स्थानका अन्य ३१ वटा सम्बन्धन प्राप्त क्याम्पस मार्फत उच्च शिक्षामा पहुँच पु¥याउने जिम्मेवारी पुरा गर्दै आएको छ।

शैक्षिक उत्कृष्टता, अनुसन्धानमा आधारित शिक्षा, समुदायसँगको सहकार्य तथा साझेदारीलाई लक्ष्य बनाएको यो विश्वविद्यालय देशको एक प्रमुख शैक्षिक धरोहरका रुपमा स्थापित भएको छ।

हाल विश्वविद्यालयमा ४६६ शिक्षक र २०१ कर्मचारी गरी जम्मा ६६७ जना शिक्षक र कर्मचारीहरु कार्यरत रहेका छन् भने हाल विभिन्न सङ्कायको फरकफरक तहमा गरी १८,२९९ विद्यार्थी अध्ययनरत रहेको छ । सुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७ (सन् २०१०) अनुसार नेपाल सरकारको लगानीमा संचालन हुने गरी सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएको हो ।

 

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज