Advertisement

samachar

कञ्चनपुरमा कांग्रेस–एमाले पार्टी कार्यालयमा आगजनी

कञ्चनपुरमा कांग्रेस–एमाले पार्टी कार्यालयमा आगजनी

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भ्रष्टाचारी नेताहरूमाथि कारवाहीको माग गर्दै देशव्यापी आन्दोलनमा उत्रिएका जेनजी पुस्ताले कञ्चनपुरमा समेत प्रदर्शन गरेका छन् । जिल्ला सदरमुकाम महेन्द्रनगरसहित पूर्वपश्चिम राजमार्गमा पर्ने विभिन्न बजारहरू, लालपुर, दैजी, झलारीमा स्थानीय युवाले प्रदर्शन गरेका छन् । महेन्द्रनगरस्थित सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन् । भीमदत्त नगरपालिका कार्यालयमा समेत आगजनी गरिएको छ । महेन्द्रनगरमा आन्दोलन उग्र बन्दै जाँदा सुरक्षाकर्मीले संयमता अपनाएका छन् । महेन्द्रनगर बजारका मुख्य चोकहरू भानुचोक, मदन चोक, दशरथचोकमा आन्दोलन भइरहेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले प्रदर्शनकारीमाथि गोली प्रहार गरेर मृत्यु भएको घटनाको शोकमा बजार बन्दको घोषणा गरेको छ ।...
कञ्चनपुर जिल्लामा पनि निषेधाज्ञा जारी

कञ्चनपुर जिल्लामा पनि निषेधाज्ञा जारी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चपनुर जिल्लामा पनि निषेधाज्ञा जारी गरीएको छ । जिल्लाको महेन्द्रनगर बजार क्षेत्र र पालिका केन्द्रमा सार्वजनिक शान्ति तथा अमन चयन कायम राख्न भन्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले निषेधाज्ञा जारी गरेका हुन् । जेन जेड को पक्षमा उत्रिएको प्रदर्शनकारीहरुले तोडफोड, आगजनी लगायतका क्रियाकलापलाई मध्यनजर गर्दै ११ बजेदेखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी ढकालले निषेधाज्ञा जारी गरेका छन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१) र ६(३) बमोजिम कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर बजार तथा बजार क्षेत्रको ३ किलोमिटर परिषरको क्षेत्र, पूर्व पश्चिम राजमार्गको दायाँबायाँ ३ तिन किलोमिटर र बेलौरी, पुनर्वास, बेलडाँडी, लालझाडीको पालिका केन्द्र भित्रका बजार क्षेत्रमा निषेधाज्ञा लागु गरीएको छ । निषेधाज्ञा गरीएको क्षेत्रमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला,...
काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश

Breaking News 1, samachar, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ। आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो। हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको हो । प्रमुख जिल्ला अधिकारीको आदेशमा आज बिहान ८ बजेदेखि लागू हुनेगरी काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू(भागमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कु...
ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो

ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाण्डौ–राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ भने हालसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो । अन्यको भने पहिचान नखुलेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डण्ट डा बद्री रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन् । काठमाडौँको सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, केएमसीमा दुई, त्रिवी शिक्षण अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक गरी पाच जना पक्राउ

नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक गरी पाच जना पक्राउ

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – कञ्चनपुरबाट नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक र दुई नेपालीगरी पाँच जना पक्राउ परेका छन् । शुक्रबार राती जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नं. ३ जोनापुरस्थित रहेको नेपाली सेनाको श्री रणसिंह गण जोनापुर पोष्टले UB14BH2073 भारतीय नम्बर प्लेटको गाडि जाँच गर्दा १ सय ४७ थान भारतीय पाँचसयका नोटका रंगिन प्रतिलिपि(नक्कली नोट) भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिए । उक्त गाडिमा भारतीय पाँच सयका नक्कली नोट बोकि रहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झलारीको प्रहरी टोलीले पिछा गरीरहेको डिएसपि बोहराले बताए । गाडिमा सवार शुक्लाफाटा नगरपालिका वडा नंम्बर १ बन्साहका ३२ बर्षिय सौगात बहादुर सिंह, सोही ठाँउका २४ बषिय चन्द्र बोहरासहित तिन जना भारतीय नागरीक पक्राउ गरीएको सूचना अधिकारी बोहराले बताए । जिल्ला प्रह...
निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थी निर्वाचित

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थी निर्वाचित

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन । संघको १५औँ कार्यसमिति चयनका लागि शनिबार सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा अवस्थी निर्वाचित भएका हुन । १४औँ कार्य समितिका लागि २५ भदौँ ०७९मा सम्पन्न भएको निर्वाचनमा भट्टले अवस्थीलाई ४२ मतले हराएका थिए । अवस्थीले आफ्ना निकटतम प्रतिस्पर्धी निरञ्जन प्रशाद भट्टलाई १७ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्षमा निर्वाचित भएका अवस्थीले १ सय ४९ मत ल्याएका हुन् । बरिष्ठ उपाध्यक्षमा भट्ट प्यानलका देब बहादुर चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना निकतमप्रतिस्पर्धी अमर बहादुर बमलाई ६२मत अन्तरले हराउँदै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन । चन्दले १ सय ६९ मत ल्याएका छन् । उपाध्यक्षमा भट्ट प्यानलका दीपक भट्टलाई अवस्थी प्यानलका यज्ञराज बैजले १६मत अन्तरले पराजित गरेका छन् । भट्टले १ सय ४८ मत...
भट्ट प्यानलबाट सचिव र कोषाध्यक्षका उम्मेदवार चन्दद्धय निर्बिरोध

भट्ट प्यानलबाट सचिव र कोषाध्यक्षका उम्मेदवार चन्दद्धय निर्बिरोध

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–निर्माण व्यवसायी संघ कञ्चनपुरको सचिव र कोषाध्यक्ष पदका उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन । सचिवका उम्मेदवार वृजकिशोर चन्द र कोषाध्यक्षका उम्मेदवार तेज बहादुर चन्द निर्बिरोध निर्वाचित भएका हुन । चन्दद्धय निरञ्जन प्रशाद भट्ट प्यानलबाट उम्मेदवार थिए । पुष्पराज अवस्थी प्यानलबाट सचिवका उम्मेदवार गोरेसिह ऐर र कोषाध्यक्षका उम्मेदवार दिल बहादुर सिहले उम्मेदबारी फिर्ता लिएपछि उनीहरु निर्बिरोध निर्वाचित भएका हुन ।...
सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ : गृहमन्त्री लेखक

सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ : गृहमन्त्री लेखक

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–गृहमन्त्री रमेश लेखकले दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह प्रधानमन्त्री केपी शर्माओलीको आगामी भारत भ्रमणका बेला शिलान्यास हुने बताएका छन्। आज नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं ३ प्रशिक्षण विभागले दोधारा–चाँदनीमा आयोजना गरेको प्रशिक्षणमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणको संयुक्त रुपमा शिलान्यास गर्ने बताएका हुन् । ‘दोधारा–चाँदनीमा देशकै ठूलो सुक्खा बन्दरगाह बन्छ,’ उनले भने, ‘यसको शिलान्यास दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम छ।’ उनले दोधारा–चाँदनीमा पछिल्लो समय विकासले तीव्रता पाएको बताए । कुनैबेला आकाशमा बादल देख्नेबित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा–चाँदनीको महाकाली र जोगबुढा नदीमा बाँध बनेपछि सुरक्षित बनेको उनले बताए। ‘महाकाली नदीमा...
कञ्चनपुरबाट नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक गरी पाँच जना पक्राउ

कञ्चनपुरबाट नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक गरी पाँच जना पक्राउ

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरबाट नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक र दुई नेपालीगरी पाँच जना पक्राउ परेका छन् । शुक्रबार राती जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नं. ३ जोनापुरस्थित रहेको नेपाली सेनाको श्री रणसिंह गण जोनापुर पोष्टले UP 14 BH 2073 भारतीय नम्बर प्लेटको गाडि जाँच गर्दा १ सय ४७ थान भारतीय पाँचसयका नोटका रंगिन प्रतिलिपि(नक्कली नोट) भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिए । उक्त गाडिमा भारतीय पाँच सयका नक्कली नोट बोकि रहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झलारीको प्रहरी टोलीले पिछा गरीरहेको डिएसपि बोहराले बताए । गाडिमा सवार शुक्लाफाटा नगरपालिका वडा नंम्बर १ बन्साहका ३२ बर्षिय सौगात बहादुर सिंह, सोही ठाँउका २४ बषिय चन्द्र बोहरासहित तिन जना भारतीय नागरीक पक्राउ गरीएको सूचना अधिकारी बोहराले बताए । जिल्ला प...
बैतडामा टाका जात्रा हुदै

बैतडामा टाका जात्रा हुदै

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
सन्तेश धानुक, महेन्द्रनगर–कंचनपुरको बेदकोट नगरपालिका–४, बैतडामा यस वर्ष पनि भाद्र २१ गते टाका जात्रा भव्य रूपमा आयोजना हुने भएको छ । बैतडास्थित श्री महादेव निमुन पहरोल देवताको मन्दिर क्षेत्रमा हुने यो जात्राको तयारी तिव्ररुपमा भइरहेको छ । प्रत्येक वर्ष काठमाडौंमा हुने इन्द्र जात्राकै दिन बैतडामा पनि टाका जात्रा मनाउने परम्परा रहिआएको छ। विशेष गरी बैतडी जिल्लाको पुर्चौडी–४ बाट पुर्ख्यौली बसोबास गर्दै आएका समुदाय अहिले बेदकोट–४ बैतडामा समेत बसोबास गरिरहेका छन् । उनीहरूले आफ्नै सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै यहाँ पनि सोही दिन धुमधामका साथ टाका जात्रा मनाउने गरेका छन् । पुर्चौडीमै जस्तै बैतडामा पनि यस दिन श्री महादेव निमुन पहरोल देवताको मन्दिरमा पूजा–आराधना, तथा सामूहिक कार्यक्रम गरिन्छ । जात्रामा धार्मिक तथा सांस्कृतिक विविधता झल्काउने कार्यक्रमहरू प्रस्तुत गरिन्छ। स्थानीय कलाकार तथ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज