पूर्व मुख्यमन्त्री रावल र बहालवाला मन्त्री थापा एमाले केन्द्रीय सदस्यमा पराजित
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रासाद रावल र प्रदेश सरकारका वहालवाला मन्त्री विर बहादुर थापा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य पदको निर्वाचनमा पराजित भएका छन् । नेकपा एमालेको ११औ महाधिवेशनमा भएको केन्द्रीय सदसयको निर्वाचनमा पूर्वमुख्यमन्त्री रावल र वर्तमान मन्त्री थापा केन्द्रीय सदस्यको निर्वाचनमा पराजित भएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक प्यानल समूहबाटै खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको भएता पनि पूर्वमुख्यमन्त्री रावल केन्द्रीय सदस्यमा निर्वाचित हुन सकेनन् । उनले जम्मा ९४३ मत मात्र प्राप्त गरेका छन् ।
यस्तै, सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् । अध्यक्ष ओलीको समूहमा नसमेटिएपछि थापाले भूगोल सुदूरपश्चिमतर्फबाट केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । ...




















