कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्र महता भारी मतका साथ विजयी
महेन्कद्रनगर - कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का ज्ञानेन्द्र सिह महता प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन । शनिरबार सम्पन्न भएको मत गणना अनुरुप रास्वपाका उम्मेदवार महता १६उम्मेदवारलाई उछिन्दै प्रतिनिधी सभा सदस्यमा भारी मतका साथ निर्वाचित भएका हुन ।
मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले कञ्चनपुर क्षेत्र न ३ को मत परिणाम अनुसार सबैभन्दा बढी रास्वपाका उम्मेदवार ज्ञानेन्द्र सिह महताले २७ हजार ११८ मत प्राप्त गरेर निर्वाचित भएका छन । महताले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका हरि प्रशाद बोहराको भन्दा तेब्बर बढी मत प्राप्त गरेका छन् ।
काँग्रेसका बोहराले ९ हजार ४४३मत ल्याएका छन । गत ०७९मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट काँग्रेसका रमेश लेखकले पनि २८हजार १सय मत ल्याएको थिए, उतिबेला काँग्रेसमा आएको जनमत अहिले ठ्याक्कै रास्वप...




















