नयाँ खबर
काठमाण्डौ – रामेछापको दुर्घटनामा थप एकजनाको मृ’त्यु भएको छ। मृ’त्यु हुने मतदान अधिकृत छन्। यसअघि उक्त दुर्घटनामा एकजना प्रहरीको मृ’त्यु भइसकेको छ ।
दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ। रामेछापको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार घिमिरेलाई रामेछाप-२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो।
उनी रामेछाप नगरपालिका-३ स्थित मुगाटारस्थित रुद्राक्षश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए। उनी निमावि द्वितीय तहका शिक्षक हुन्। यसअघि दुर्घटना स्थलमै असई पर्शुराम यादवको मृ’त्यु भएको थियो।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।