Advertisement

नेकपा कञ्चनपुरका समावेसी उम्मेदवारत्रय बीना मगर, माध पन्त र मान बहादुर सुनारप्रति जनआकर्षण बढ्दै

महेन्द्रनगर – शन्न २१ फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुरका नेकपाले अघि सारेका तीनै उम्मेदवार समावेसी रहेका छन । सबै समुदाय, लिङ्ग समावेस गरेर नेकपाले अघि सारेका उम्मेदवारप्रति जनआकर्षण बढिरहेको हो ।
हालै देशभर फैलिएको जेनजी आन्दोलन र त्यसले ल्याएको परिवर्तनको मनोविज्ञानलाई आत्मसात् गर्दै नेपाली कम्युनिष्ट पार्टीले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रका लागि समावेशी र समुदायको प्रतिनिधित्व गर्ने उम्मेदवार चयन गरेको छ। पार्टीका केन्द्रिय सदस्य खेम पाण्डेयका अनुसार, जनताको मनोभावना स्थानीय नेतृत्व, वर्गीय तथा समुदायगत प्रतिनिधित्वलाई ध्यानमा राख्दै यसपटक योग्य र विविध पृष्ठभूमिका उम्मेदवारलाई अघि सारिएको हो। पाण्डेयले जनताले “मत गर्ने मन न्याय गर्ने पार्टी र उम्मेदवारतर्फ” मोडिएको यथार्थ बुझेर पार्टी नेतृत्वले सही निर्णय गरेको बताए।
जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीकी नेतृ विना मगर एक्लै महिला उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएकी छन्। उनी आदिवासी जनजाति समुदायको प्रतिनिधित्वसहित पार्टीभित्र र बाहिर दुवैतर्फ सम्मानित नेतृ मानिन्छन्। अनेम संघसँग सक्रिय रहेकी नेतृ शान्ति शाहीका अनुसार विना मगरको उम्मेदवारी केवल महिलाको प्रतिनिधित्व मात्र नभई आदिवासी र स्थानीय पहिचानको गर्वको विषय पनि हो। शाहीले उनी समानता, सहभागिता र महिला नेतृत्वको चाहनालाई मजबुत रूपमा बोकेको बताइन्।
यस्तै, कञ्चनपुर–२ मा नेपाली कम्युनिष्ट पार्टीले युवा र शिक्षित नेतृत्वका रूपमा माधव पन्तलाई उम्मेदवारी दिएको छ। त्रिभुवन विश्वविद्यालयबाट पिएचडीसहित अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामाजिक विषयका चार फरक डिग्री प्राप्त गरेका पन्त क्षेत्रकै उच्चशिक्षित भएका उम्मेदवार मानिन्छन्। विद्यार्थी संगठन हुँदै सुरु भएको उनको राजनीतिक यात्राले केन्द्रिय तहसम्म स्थान बनाइसकेको छ। स्थानीय मतदाता दिपकराज भट्टका अनुसार प्रत्येक निर्वाचनमा जनताले राम्रो र स्थायी नेतृत्वको खोजी गर्दा पन्त यसपालि सबैभन्दा उपयुक्त विकल्प बनेका छन् । भट्टका अनुसार अन्य प्रमुख प्रतिस्पर्धी उम्मेदवारहरूको कागजी ठेगाना कञ्चनपुर भए पनि उनीहरू सबै काठमाडौँमा बसोबास गर्छन्, तर पन्त भने स्थायी बसोबास भएका स्थानीय निवासी भएकाले जनभावना उनेको पक्षमा बलियो भएको बताए। ३९ वर्षका पन्तलाई युवा पुस्ताको नेतृत्व क्षमतासहितको बलिया प्रतिनिधिका रूपमा हेरिएको छ।
जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा भने नेपाली कम्युनिष्ट पार्टीका दलित समुदायका अनुभवी तथा सशक्त नेता मानबहादुर सुनार उम्मेदवार बनेका छन्। देशभर प्रत्यक्षतर्फ दलित समुदायबाट उठेका थोरै उम्मेदवारमध्ये सुनार अग्रपंक्तिमा रहेका व्यक्तित्व हुन्। दशकौँदेखि दोधरा–चाँदनी क्षेत्रमा राजनीतिक तथा सामाजिक अधिकारका मुद्दामा सक्रिय सुनारबारे दलित अगुवा शिवी लुहार भन्छन्— सुनार केवल दलित समुदायका प्रतिनिधि मात्र होइनन्, सबै उत्पीडित वर्गको आवाज उठाउँदै आएका स्थायी सामाजिक नेता हुन्। दलित, जनजाति र अन्य वर्गका मतदाताद्वारा उनी सामूहिक रूपमा स्वीकृत उमेदवारका रूपमा अघि बढिरहेका छन्।
समावेशी नेतृत्व, समुदायगत प्रतिनिधित्व र योग्य उम्मेदवारका आधारमा गरिएको यो चयनले कञ्चनपुरमा मात्रै सीमित नभई देशभर लागू गरिएको योजना भएको वाइसिएल नेपालका केन्द्रिय उपाध्यक्ष नवराज ऐरले बताए। उनका अनुसार पार्टीले जेनजी आन्दोलनपछि स्पष्ट रूपमा देखिएको सहभागी नेतृत्वको मागलाई सम्बोधन गर्दै युवा, महिला, आदिवासी, दलित तथा स्थानीय अग्रपंक्तिका आवाजलाई प्राथमिकतामा राखेर उम्मेदवार छानिएको हो। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा देशभरबाट तीन हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
कञ्चनपुरका तीनवटै क्षेत्रमा प्रमुख प्रतिस्पर्धा धेरै बलिया उम्मेदवारबीच भइरहेको छ। कञ्चनपुर–२ मा नेकपा एमालेका बचनबहादुर सिंह, नेपाली कांग्रेसका नारायणप्रकाश साउद, राष्ट्रिय स्वतन्त्र पार्टीका दिपकराज बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थराज चटौत र नेपाली कम्युनिष्ट पार्टीका माधव पन्तबीच प्रतिस्पर्धा तिब्र छ। त्यस्तै कञ्चनपुर–१ मा नेकपा एमालेका तारा लामा तामाङ, नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्याय, नेपाली कम्युनिष्ट पार्टीकी विना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका जनक सिंह धामी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीबीच प्रतिस्पर्धा भइरहेको छ। कञ्चनपुर–३ मा नेपाली कांग्रेसका हरिप्रसाद बोहरा, नेकपा एमालेका दीपकप्रकाश भट्ट, नेपाली कम्युनिष्ट पार्टीका मानबहादुर सुनार, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र सिंह महता र राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर चन्द प्रतिस्पर्धामा छन्। कञ्चनपुरमा नेपाली कम्युनिष्ट पार्टीले प्रस्तुत गरेका समावेशी उम्मेदवारले स्थानीय समाजमा वैचारिकभन्दा पनि प्रतिनिधित्व, पहिचान, शिक्षा, क्षमता र स्थानीय योगदानका आधारमा नयाँ आशा जगाएको देखिन्छ। जनताले लामो समयदेखि खोज्दै आएको स्थानीय नेतृत्व, विविध समुदायको आवाज र युवा–महिला सहभागिता केन्द्रमा राखिएको उमेदवारी छनोटका कारण कञ्चनपुरको निर्वाचन वातावरण यसपालि विशेष बनेको छ। ०८२मा आईपुग्दा १तेस्रो लिङ्ग सहित १लाख, ६० हजार, ३सय १६ महिला र १लाख, ५४ हजार ६८ पुरुष रहेका छन । अहिले ६ हजार २सय ४८ महिला मतदाता बढी रहेका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज