औषधी व्यवसायीहरुद्धारा आन्दोलन स्थगित, व्यवसायी र सरकारविच तिन बुदे सहमति
महेन्द्रनगर : माग सम्बोधन हुने भएपछि औषधि व्यवसायीहरुले एक सातादेखि थालेको आन्दोलन स्थगित गरेका छन । औषधी व्यवसायी र सरकारविच तीन बुँदे सहमती भएपछि तत्कालनका लागि आन्दोलन स्थगित गरिएको हो । नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गजेन्द्रदेव लेखकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभाग र औषधी व्यवसायीहरुका संघ संगठनहरुविच भएको वार्तापछि तीन बुँदे सहमती भएको बताए ।
औषधी व्यवसायी संघ सुप प्रदेशका अध्यक्ष लेखकका अनुसार औषधी व्यवस्था विागका महानिर्देशक नारायण प्रशाद ढकाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय प्रमुख डा.भीम प्रशाद सापकोटा, मन्त्रालयकै कानुन उपसचिव गोपीकृष्ण रेग्मी, बरिष्ठ स्वास्थ्य प्रशासक रामचन्द्र शर्मा र नेपाल औषधी व्यवसायी संघका केन्द्रीय बरिष्ठड उपाध्यक्ष राम प्रशाद खरेल, नेपाल औषधी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष रामचन्द्र शर...



















