Advertisement

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरणमा किरण विष्टले मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारीविरुद्ध दिएको गाली–गलौज तथा बेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले एक महिना कैद, जरिवाना र क्षतिपूर्तिको फैसला गरेपछि भण्डारीले उक्त अभिव्यक्ति दिएका हुन् ।

 

उनले जिल्ला अदालत कञ्चनपुरले आफूविरुद्ध गरेको फैसला स्वागतयोग्य रहेको विचार राख्दै सामाजिक सञ्जाल फेसबुकमा उक्त फैसलाले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको उल्लेख गरेका छन् । ‘म यो फैसलालाई निर्मला प्रकरणको कोशेढुंगा मान्छु किनभने अब निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको छ। फैसला शीरोधार्य गर्छु। जिल्ला अदालतले अहिलेसम्म तत्कालिन एसपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टले मेराविरुद्ध हालेको मुद्दा अलमल गर्दै आइरहेको थियो तर आज माननीय न्यायाधीशले साहस गरेर त्यो मुद्दा अगाडि बढ्ने बाटो खोलिदिनु भयो ।’

पत्रकार भण्डारीले अगाडि यस्तो लेखेको छन्

जिल्लामैं समाप्त भएको भए यो मुद्दाले नजिरको रुप लिन सक्ने थिएन । अब यो मुद्दा न्यायिक परीक्षणमा अगाडि बढ्छ र नजिर बन्ने दिशामा उन्मुख हुन्छ । ६ वर्षदेखि थन्क्याएर राखिएको मुद्दालाई निकास दिनुभएकोमा माननीय न्यायाधीशलाई धन्यवाद । फैसला मेराविरुद्ध गयो, यो ठूलो कुरा होइन । यो फैसलाले निर्मला प्रकरणलाई जीवित राख्ने भयो त्यो ठूलो कुरा हो ।

मेरो कलमले गल्ती गरेको अन्तिम ठहर भए प्राणदण्ड भोग्न तयार छु । पत्रकारको जीवनमा कलमका कारण मृत्युदण्ड पाउनुभन्दा ठूलो भाग्य के होला र खै ?
कलमबाहेक अरु हतियार चलाएको होइन, कसैलाई ठगेको होइन, कसैलाइृ अपशब्द बोलेको होइन ।

तत्कालिन एसपी डिल्लीराज विष्टका छोरा किरणराज सिवष्टमाथि विस्तृत अनुसन्धान हुनुपर्छ भनेको हुँ जुन भनाईमा अहिले पनि अडिग छु । मलाई पूरा विश्वास छ एक दिन निर्मला प्रकरण उल्टिन्छ र मैले अनुसन्धान हुनुपर्छ भनेका सबैमाथि वास्तविक अनुसन्धान हुन्छ ।

अफताब आलमकै नजिरमा सर्वोच्च अदालतमा निर्मला प्रकरण विचाराधिन छ र अब धेरै छिटो फैसला हुँदैछ । त्यसैले म आशावादी छु । आज म खुसी छु किनभने निर्मला प्रकरणले थप उचाई प्राप्त गरिरहेको छ । सबैमा धन्यवाद ।

 

अदालतले पत्रकार भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा बिहिबार दोषी ठहर गर्दै एक महिना कैद, १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति भराउने फैसला तोकेको छ। न्यायाधीश राजेन्द्रसिंह भण्डारीको एकल इजलासले उक्त फैसला गरेको हो ।
बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले पत्रकार भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए । पत्रकार भण्डारीले अदालतको उक्त फैसलाविरुद्ध तत्काल माथिल्लो अदालतमा जाने तयारी सुरु गरेको बताए ।
१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी बालिका निर्मला पन्त भोलिपल्ट घरनजिकै उखुबारीमा मृत भेटिएकी थिइन् । सरकारबाहिर हुदा निर्मला हत्या घटनाको दोषी पत्ता लगाउन चर्को माग राख्ने नेपाली कांग्रेसका नेता रमेश लेखक हाल गृहमन्त्री छन तर पनि अहिलेसम्म दोषीको पहिचान हुन सकेको छैन । पत्रकार भण्डारीको अभिव्यक्तिको खण्डन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने पनि गृहमन्त्री भए तर पनि निर्मला हत्या काण्डको अनुसन्धानमा कुनै थप प्रगति भएन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज