वन कार्यालय कञ्चनपुरका प्रमुख ठाकुरको जग्गा नेकपा बहुमतद्धारा कब्जाको घोषणा
धनगढी– डिभिजन वन कार्यालय, कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरको जग्गा नेकपा बहुमतले कब्जा गरेको घोषणा गरेकोछ । कैलालीको भजनी नगरपालिका–९ का एक असहाय महिलाको जग्गा जालझेल गरेर आफ्नो नाममा दर्ता गरेको ठाकुरलाई आरोप लगाउदै नेकपा बहुमतले जग्गा कब्जा गरेको हो ।
नेकपा बहुमत निकट युवा संगठनका नेता दीपेन्द्र ऐरले लोकेन्द्र बहादुर चौधरीको २१ दशमलव १० धुर जग्गा रामबिचारीले आफ्नो नाममा जालझेल गरेर लगेकोले ठाकुरको जग्गा कब्जा गरेको जानकारी दिए ।
...




















