Advertisement

मुक्ति समाजद्धारा १९औ जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस मनाईयो

महेन्द्रनगर–कञ्चनपुरमा पनि १९ औं जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस २०८२ भव्यताका साथ मनाइएको छ । बुधबार मुक्ति समाज कञ्चनपुरको आयोजनामा एमाले पार्टी कार्यालयमा १९औ जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रम गरी मनाईएको हो ।

नेकपा(एमाले) प्रदेश कमिटी उप सचीव एवं मुक्ति समाज नेपाल निवर्तमान केन्द्रिय लेखा आयोग अध्यक्ष नरबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मुक्ति समाजका केन्द्रिय स्थायी कमिटी सदस्य कृष्ण सुनार विशिष्ठ अतिथि थिए ।

समाजका केन्द्रिय सदस्य एवं एमाले प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मी बिश्वकर्मा, पार्टी प्रदेश कमिटी सचिवालय सदस्य महेश पन्त, मुक्ति समाज केन्द्रिय सदस्य रमेश सिंह तिरुवा, पार्टी जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लबराज भट्ट, उप सचीव अशोक कुमार चन्द, दिलबहादुर सुनार, रामचन्द्र रेग्मी, हिरा लुहार, नन्दसिङ सुनार, सरिता नेपाली, फुल परी, किशोर आग्री, लक्स्मन सुनार, नरबहादुर सुनार, मदन एसके, माया ओड लगायत अतिथि रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि विश्वकर्माले समाजमा कलङ्कको रुपमा रहेको जातिय विभेदलाई समाप्त गर्न बनेका ऐन कानुन, संविधान कार्यान्वयन हुनु पर्ने र सबैले आ–आफ्नो ठाउँबाट विभेद अन्त्य गर्न हातेमालो गर्नु पर्ने बताए ।

‘कानुनमा व्यवस्था भए पनि व्यवहारमा लागु हुन नसक्दा अझैसम्म यो अमानवीय व्यवहार समाजमा रहेको छ’, उनले भने, दलित समुदाय उत्थान र विकासका लागि सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरण हुनु जरुरी छ, त्यसका लागि सबैले आ–आफ्नो ठाँउबाट विभेद अन्त्य गर्न हातेमालो गर्न जरुरी छ ।’


मुक्ति समाज कञ्चनपुरका कार्यवाहक अध्यक्ष राजेन्द्र आग्रीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रमको समन्वय सुनकेश नेपालीले गरिन् । टिकाराम सार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज